मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष 

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आफ्ना स्वर्गीय आमा–बुवाको स्मृतिमा भीमदत्त नगरपालिका–१६ स्थित प्रभात विद्या निकेतनलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

केही महिना अघि एक कार्यक्रममा प्रभात विद्या निकेतन ९सार्वजनिक शैक्षिक गुठी० माध्यमिक विद्यालयको सभा हल व्यवस्थापनका लागि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो । सो घोषणा अनुसार नगर प्रमुख बोगटीले आइतवार विद्यालयको वार्षिकोत्सवको अवसर पारेर ५१ हजार रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । काम विशेषले जिल्ला बाहिर रहनुभएकाले नगर प्रमुख बोगटीले उपप्रमुख नीलम लेखक जोशी मार्फत विद्यालय प्रशासनलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

नगरप्रमुख बोगटीको सन्देश सुनाउदै उपप्रमुख जोशीले धन हुनेसित मन नहुने र मन हुने सित धन नहुने बताउदै मेयर बोगटीसंग भने धन र मन दुबै भएको भन्दै उहाँको प्रशंसा गर्नुभयो । जेनजी आन्दोलनका क्रममा नगरप्रमुख बोगटीको घरमा आगजनी गरिएपछि घर मर्मतका लागि जग्गा उहाँले जग्गा बिक्री गर्नुभएको छ । बिक्री गरिएको जग्गाबाट प्राप्त रकमको केही हिस्सा बाट उहाँले सामाजिक कार्य, शिक्षा र मानवीय सेवामा सहयोग गर्दै आउनुभएको छ । उहाँले नगर प्रमुख पद सम्हालेपछि मात्रै हालसम्म आफ्नो पैतृक सम्पत्ति अन्तर्गत पर्ने ७ कट्टा भन्दा बढि जग्गा बिक्री गरिसक्नुभएको छ । उहाँले यसअघि समेत कबड्डी खेलाडीहरूको प्रोत्साहनका लागि २५ हजार रुपैयाँ, साथै पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि २५ हजार रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गर्नुभएको थियो ।

आफ्नो व्यक्तिगत पीडा बिर्सेर व्यक्तिगत सम्पत्तिबाट प्राप्त रकम समेत समाजका विभिन्न क्षेत्रलाई सहयोग गर्दै आउनुभएका बोगटीले केही महिना अगाडी प्रभात विद्या मन्दिरको एक कार्यक्रममा बोल्दै भन्नुभएको थियो “भर्खरै अझ तीन कट्ठा जग्गा बेचेको छु । त्यो बाट मेरा स्वर्गीय आमा–बुवाको नाममा यो विद्यालयलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । जेनजीका नाममा घुसपैठ गरि सार्वजनिक तथा निजि घरमा आगो लगाइए पनि मेरो सोच, क्षमता र नैतिकतामा कसैले केही गर्न सक्दैन ।” यस्तै उहाँले चरा देखेर हवाईजहाज बनाउने र गुलेली लिएर दौडने बीच ठूलो फरक रहेको भन्दैँ जीवनमा जस्तोसुकै परिस्थितिमा पनि सकारात्मक सोच राख्नु आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिवद्धता अनुसार व्यक्तिगत रुपमा विद्यालयलाई आर्थिक सहयोग गरेपछि विद्यालय परिवारले नगर प्रमुख बोगटीप्रति आभार व्यक्त गर्दै यसले शैक्षिक वातावरण सुधार, विद्यार्थीहरूको सिकाइ सहजता तथा विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?