गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माण गरिने

कञ्चनपुर, २३ पौष

सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माणको काम अघि बढाउने तयारी गरेको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको गड्डाचौकीमा नाकामा एकिकृत चेक पोष्ट निर्माणको काम अघि बढाउने तयारी गरेको हो । बुधवार सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार , आन्तरिक मामिला मन्त्री संगै लिएर गड्डाचौकी पुगेका आर्थिक मामिला मन्त्री वहादुर सिह थापाले कैलालीको त्रिनगर भन्सार संगै कञ्चनपुरको गड्डाचौकीमा नाकालाई व्यवस्थि गर्ने ध्ययका साथ प्रदेश सरकारले यसै वर्ष भित्र एकिकृत चेक पोष्ट निर्माण गरिने वताउनु भएको हो । सिमानाका हुने समस्या देखेर प्रदेशमा छलफल गरेपश्चात बजेट विनियोजन गरेको हुदा अवको तिन चार महिना भित्रै काम सम्पन्न गर्ने उद्देश्य रहेको हुदा आज अनुगमनमा आएको समेत उहाले वताउनु भयो ।

यसै गरि अनुगमनमा आएका सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की सिमानाकमा आवत जावत गर्ने नागरिकलाई सहज वनाउने र समान चेकजाँच लाई समेत व्यवस्थीत गरिने वताउनु भएको छ । साथै उहाले घरायसी समान ल्याउनेहरुलाई सहज गरिने भए पनी व्यापारिक प्रयोजनलाई कडाई साथ लागु गरिने समेत वताउनु भएको छ ।

यसै गरि गड्डाचौकी नाकाको अनुगमनमा पुगेका भौतक पुर्वाधार विकास मन्त्री सुरेन्द्र पालले हामी संग गौरिफन्टा नाका र गड्डाचौकी नाका बाट आवत जावत गर्ने यात्रुहरुको यकीन तथ्यांक नभएको कारण र सामामा आवत जावत गर्ने नागरिकहरुले दुख पाउने गरेको गुनासो आउने गरेका कारण एकिकृत चेक पोष्ट निर्माण गरेर आवत जावतलाई सहज गर्ने तयारी गरिएको वताउनु भयो ।

एकिकृत चेक पोष्ट निर्माणको यस वर्ष सुदुरपश्चिम प्रदेश सरकारले रु पच्चिस लाख रकम विनियोजन गरेको भए पनी आवश्यक वजेट थप गरेर भए पनी काम अघि बढाउने तयारी गरेको छ भने प्रदेश सरकारको यो पहलले सुदूरपश्चिमका सीमावर्ती नाकाहरूलाई आधुनिक र व्यवस्थित बनाउँदै समग्र सीमा व्यवस्थापनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

ताजा खबर

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?