१३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल प्रथम

कञ्चनपुर १५ पौष
आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको १३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि भएका जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले प्रथम स्थान हासिल गरेर नेपाल फर्केको छ ।

आफ्नै व्यक्तीगत खर्चमा भारतको फरिदावादमा आयोजना भएको १३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि भएका जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले प्रथम स्थान हासिल गरेर नेपाल फर्केको हो । भारतको फरिदावादमा पुस १२ देखि १४ गते सम्म आयोजना भएको १३ औं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागि भएर उज्बेकिस्तान, अफगानिस्तान ईरान, बंगालदेश, जापान र भारतलाइ हराउदै प्रथम स्थान हासिल गर्न सफल भएको हो । प्रतियोगितामा नेपालका तर्फ बाट सहभागि भएका जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडिहरुले १३ स्वर्ण ९ रजत ३ कास्य सहित ईतिहास रच्न सफल भएका हुन ।कहिले नदेखेका र नसुनेका देशका खेलाडिहरु संग प्रतिसपर्धा गर्दा अलि डर लागेको भए पनि प्रशिक्षकहरुको समन्वय र सहजता पछि राम्रो परिणाम ल्याउन सकिएको सहभागि खेलाडिहरुले वताएका छन । आफनो मिहिनेत र गुरुहरुले सिकाएको सिपले उत्कृष्ट नतिजा ल्याउन सकेको समेत उहाहरुले वताएका छन ।

जित हासिल संगै नेपाल फर्किएका खेलाडिहरुलाई कञ्चनपुरमा अभिभावक र समितिका पदाधिकारीहरुले भव्य स्वागत समेत गरेका छन । साथै अभिभावकहरुले जित प्रति खुशि व्यक्त गर्दे खेलाडिहरुलाई सरकारले सहयोग गर्नु पर्ने र भारत जादा आवश्यक समन्वय गरिदिनुपर्नेमा समेत जोड दिएका छन ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले हाल सम्म आयोजना भएका विभिन्न कराते प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्न सफल रहेको संघका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले वताउनु भएको छ । कम खर्च र राज्यको सहयोग विना अन्तराष्टीय खेलाडिहरुको अगाडि खेल्न कठिन भए पनी विगतमा खेलेको खेलको अनुभव र कुसले प्रशिक्षणका कारण खेलाडिहरले उतकृष्ठ नतिजा ल्याउन सफल रहेको समेत उहाले वताउनु भयो ।

पटक पटक अन्तराष्ट्रीय स्तरमा जित हासिल पार्दै नेपालको नाम विश्वमा चिनाउन सफल भए पनी हरेक पटक आफ्रनै व्यक्तीगत लगानीमा खेल्नु पर्दा खेलाडिहरुको मनोवल घटदै गएको हुदा यसमा राज्यको ध्यान जानु जरररी देखिन्छ ।

 

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?