स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  – ९, पौष
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा सदस्य देवा बिष्टले आफ्नी स्वर्गीय आमा दुर्गादेवी बिष्टको वार्षिक पुण्यतिथिको अवसरमा बेदकोट नगरपालिका–८ मा अवस्थित बैजनाथ धाम वृद्धाश्रममा जेष्ठ नागरिकहरुलाई भोजन गराउनुका साथै आर्थिक सहयोग प्रदान गर्नु भएको छ ।

सामाजिक सेवा संगै राजनिितमा समेत सकृय रहेका भीमदत्त नगरपालिका वडा नम्बर ८ का वडा सदस्य देवा बिष्टले आफ्नी स्वर्गीय आमा दुर्गादेवी बिष्टको वार्षिक पुण्यतिथिको अवसरमा वृद्धाश्रममा आश्रय लिईरहेका जेष्ठ नागरिकहरुको चाहाना अनुररुप एक छाक खाना संगै आर्थिक सहयोग प्रदान गर्नु भएको हो ।

आफ्नो सानो सहयोग र एक छाक खानाले केहि नहुने भए पनि स्वर्गीय आमाको पुण्यतिथिलाई औपचारिकतामा सीमित नराखी मानवीय सेवामा रूपान्तरण गर्दै समाजप्रति जिम्मेवार नागरिकको भूमिकालाई सम्झेर एक दिन भए पनी आफ्ना सन्तान बाट टाढा रहेका जेष्ठ नागरिहरुलाई आफ्नै अभिभावकक सम्झेर सहयोग गरेको वताउनु भएको छ । बुधवार जेष्ठ नागरिकहरूसँग आत्मीय संवाद गर्दै उहाँले आमाको सम्झनामा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। वृद्धाश्रममा आश्रीत ज्ष्ठ नागरिकहरुले सहयोगप्रति आभार व्यक्त गर्दै यस किसिमका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन् ।

स्थानीय स्तरका जनप्रतिनिधिबाट गरिएको यस प्रकारको मानवीय र प्रेरणादायी कार्यले अन्यलाई पनि सामाजिक सेवातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ।

 

ताजा खबर

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?