निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर

स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाको दुर्गम वस्ति खल्ला मुसेट्टीमा एक दिने निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक सहयोगमा भीमदत्त नगरपालिकाको दुर्गम वस्ति खल्ला मुसेट्टीमा एक दिने निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शनिवार नगरपालिकाको वडा नम्वर ९ स्थीत दुर्गम वस्ति खल्ला मुसेट्टीमा सञ्चालन गरिएको उक्त एक दिने निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविरमा महलिा सम्वन्धि विभिन्न समस्याहरुको चेकजाच तथा परामर्श गरिएको छ । सदरमुकाम महेन्द्रनगरबाट आएर दुर्गम वस्तिमा सेवा दिए पछि स्थानीयहरु समेत खुशि भएका छन । असहज बाटो घाटो र आर्थीक अभावमा टाढा गएर उपचार गराउन नसक्ने अवस्थामा गाउ वस्तिमै सेवा पाए पछि आगामी दिनहरुमा समेत यस्ता शिविरहरुको अपेक्षा समेत स्थानीयहरुले गरेका छन ।

यसै गरि जिल्ला खोप समन्वय समितीका संयोजक समेत रहेका जिल्ला समन्वय समिती प्रमुख दुर्गा वोहराले ग्रामिण भेगका महिलाहरुको प्रजजन स्वास्थ्य सम्वन्धि समस्या निराकरणका लागी विभिन्न पालिकाहरुमा निशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविरहर सञ्चालन गरिदै आएको वताउनु भयो । साथै उहाले यस शिविर बाट टाढा गएर स्वास्थ्य सेवा लिन नसकेका विकट क्षेशका महिलाहरुका सेवा दिईएको र यसमा उल्लेख्य सहभागिता रहेको समेत वताउनु भयो ।

विषेस गरि स्वास्थ्यमा पहुच नपुगेका नागरिकहरुलाई पहुच पुगाउने स्वास्थ्य कार्यालयको वार्षिक कार्यक्रम अनुरुप पालिकाको दुर्गम वस्तिमा एक दिने निशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी विपिन लेखकले वताउनु भएको छ । साथै उहाले यस शिविर बाट महलिा सम्वन्धि विभिन्न रोगहरुको पहिचान गरि उपचार गरिने र आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने वताउनु भयो ।

उक्त एक दिने निशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविरमा ७५ जना महिलाहरुले सेवा लिएका छन ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?