महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर

महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ ।

महाकाली आयुर्वेद औषधालयल ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको महाकाली आयुर्वेद औषधालयले यही मंसिर २२ गते स्वास्थ्य प्रवद्र्धनात्मक आयुर्वेद सेवा अन्तर्गत ६ महिना देखि ५ वर्ष सम्मका वालवालिकाहरुलाई स्वर्ण विन्दु प्राशन कार्यक्रममा सहभागि गराउन लागेको ओषधालयका प्रमुख डा सुर्य प्रसाद उपाध्यायले जानकारी दिनु भएको छ । साथै उहाले वालवालिकाहरको शारिीक मानसिक विकासका लागी स्वर्ण विन्दु खुवाईने र यसमा सबैले आआफ्ना वालवालिकाहरुलाई स्वर्ण विन्दु प्राशनमा सहभागि गराउन समेत अनुरोध गर्नु भएको छ ।

स्वर्ण विन्दु प्राशन आयुर्वेद शासत्रमा वर्णित चिकित्सा प्रणलि भएको हुदा पुस्य नक्ष्त्रको योग पारेर महिनाको एक दिन खुवाउने कार्यक्रम राखिएको समेत डा उपाध्यायले वताउनु भएको छ । साथै उहाले स्वर्ण विन्दु खुवाए पछि वालवालिकाहरुको रोग प्रतिरोधातमक क्षमता बढ्ने, पाचन प्रणाली वलियो हुने , स्मरण शक्ती बढ्ने समेत वताउनु भएको छ ।

महाकाली आयुवेर्दिक औषधालयले मंसिर २२ संगै आगामी पुष २१, माघ १८, फाल्गुन १७, वैशाख ११, जेठ ७ असार ४ र असार ३१ गते पुस्य नक्षत्रको अवशर पारेर स्वर्ण विन्दु खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?