बागफाँटाको पञ्चकृति बैजनाथ माविका शिक्षक कर्मचारीद्वारा बिरामी पत्रकार धामीलाई उपचार खर्च

धन सिह धामी, कञ्चनपुर, मंसिर १०
कञ्चनपुरको एक सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । भीमदत्त नगरपालिका १९ बागफाँटाको पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारीहरुले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च सहयोग गरेका हुन ।
प्रण घातक क्यान्सर रोगसंग लडिरहेका अध्यक्ष धामीको उपचारका लागि विद्यालयका शिक्षक शिक्षिका, कर्मचारीहरुले खाजा खर्च घटाएर उपचार सहयोग गरेको विद्यालयले जनाएको छ । पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका सहायक प्रद्यानाध्यापक धर्मानन्द जोशीले मानविय सहयोगका लागि विद्यालयका १९ जना शिक्षक कर्मचारीहरुले एक आपसमा रकम संकलन गरेर सहयोग गरेको बताए । बुधबार एक कार्यक्रमका विच विद्यालयका प्रद्यानाध्यापक गोबिन्द पुजाराले पत्रकार धनसिह धामीलाई नगद ८ हजार ८सय ८०रुपैया रकम हस्तान्तरण गरेका छन ।
पञ्चकृति बैजनाथ माध्यामिक विद्यालयका प्राद्याध्यापक गोबिन्द पुजाराले समाजका लागि निरन्तर खटिएका पत्रकार धामीको उपचारका लागि संगठन सहित सबै क्षेत्रबाट उनको जिवन रक्षाका लागि सहयोग मानविता रहेको बताए ।
नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष धामी कञ्चनपुरका संस्थापक अध्यक्ष एव अपिटुडे दैनिकका प्रकासक हुन । दुई दशक बढी समयदेखि पत्रकारिता गर्दै आएका धामी एक्कासी बिरामी भएपछि नेपालमा उपचार सम्भव नभएपछि भारतको गान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?