पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

 

धनसिह धामी 

कञ्चनपुर, १२ कार्तिक 

उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका डडेल्धुरा अमरगडी नगरपालिका २ आईत घर भई हाल भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कञ्चनपुर बस्दै आएका ५६ बर्षिया करन सिह साउदलाई युथ भ्वाईसले उपचार खर्च सहयोग गरेको छ ।

पैशा नहुँदा महाकाली अस्पतालबाट डेराको घरमा लगेका साउदको उपचारका लागि युथभ्वाईस महेन्द्रनगरले आर्थिक सहयोग गरेको हो । बुधबार युथभ्वाईले साउदको उपचारका लागि नगद आर्थिक सहयोग गरेको जनाएको छ । युथभ्वाईका सचिव रदिप पाल(आरक्षपीडित)ले उपचार खर्च नहुँदा मृत्युको मुखमा साउद भन्ने समाचार देखेपछि मानवियताका लागि सक्दो आर्थिक सहयोग गरेको बताए । उनका अनुसार नगद ३ हजार १सय ५रुपैया आर्थिक सहयोग गरिएको छ । बिरामी करन सिह साउदका भाई लोक बहादुर साउदलाई उक्त रकम हस्तान्तरण गरिएको छ ।

स्व. बाबु लाल बहादुर साउद सहित घरका दाजुभाई सबै अपाङ्गता भएपछि उपचार खर्च जुटाउन त परकै कुरा हो, समान्य दैनिक छाक छार्न समेत समस्या भएको छ । व्यवसाय गर्नका लागि अढाई दशक अघि पहाडबाट तराई झरेका साउदको परिवार यस अघि नगरविकास समितिकोे जमिनमा बस्दै ह्युलचियरमै व्यवसाय गरेर गुजारा चलाउँदै आएका थिए ।

गत बर्ष ०८१ मा भीमदत्त नगरपालिकाले घर भत्काईदिएपछि विचल्लीमा परेका साउदको परिवार भाडाका घरमा बस्दै आएका छन । सरकारले समाजिक सुरक्षा बाफत दिदै आएको भत्ताकै रकमबाट घर खर्च चलाउँदै आएका साउद यस अघि दुई पटक बिरामी भएका थिए । २ पटक मृगौलामा पत्थर बिरामी भएपछि निको भएका साउद पुन बिरामी भएका हुन ।

बिरामी करन सिह साउदका भाई लोक बहादुर साउदले पैशा नहुँदा दाजु मृत्युको मुखमा पुगेको बताए ।

‘तिहार अघि दाजु एक्कासी बिरामी भएपछि हामीले जेनतेन जसोतसो गरेर नजिकैको रहेको महाकाली अस्पतालमा लग्यौँ, ‘उनले भने, ‘दाजुले त्यहाँ बेडमै दिशापिसाब गर्न थालेपछि त्यहाँका नर्स र डाक्टर पनि हैरान भएर कि ठुलो अस्पताल उपचार गर्न लैजाउ कि घर लैजाउ भनेर कर गर्न थालेपछि हामीले बिरामी निको नहुँदै घर ल्याएका हौँ, घरमा बिरामीलाई राम्रोसंग सुत्न आराम गर्न खाट पनि छैन, बेडबिस्तारा पोषिलो खानेकुरा पनि छैन ।’ एकल पुरुष समेत रहेका करनले ह्वीलचियरमै बसेर समान्य व्यवसाय गर्दै आएका थिए । साउद परिवारले उपचारका र छाक टार्नका लागि आवश्यक सहयोगको अपिल समेत गरेका छन । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले पिसाबमा खराबी देखिएकाले उपचार गरेर घर पठाएको बताए ।

‘उहाँ करन साउद जीको हाम्रो स्रोत साधनले भ्याएसम्म गरेर हामीले उप उपचारका लागि हायर सेन्टरमा डिस्चार्ज गरेर पठाएका छौँ, ‘उनले भने, ‘यहाँबाट रोग निको नहुँदै थप रोग पत्ता लगाउन पठाएका हौँ ।’ साउद परिवारले उपचारका लागि सक्दो आर्थिक सहयोग गर्न अपिल गरेका छन ।

 

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?