पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी
कञ्चनपुर, ३० असोज ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च उपलब्ध गराईएको छ ।
गत फागुन–चैत्रमा जिल्लाका क्रियाशिल पत्रकारहरुले खेलेको होलीबाट संकलन भएको रकमबाट पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च उपलब्ध गराईएको होे ।


केही समयदेखि पत्रकार धामी काठमाण्डौँ स्थित केएमसी अस्पतालमा प्यान्क्र्रियाज ट्युमर रोग लागेर उपचारार्थ छन । क्रियाशिल पत्रकार कञ्चनपुरका अगुवा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव एव निर्वतमान पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले सहकर्मी बिरामी हुँदा उनको शिघ्र स्वास्थ्य लाभको कामना सहित दुखमा साथ दिएको बताए । उनका अनुसार पत्रकार धामीकोे उपचारका लागि नगद ११ हजार रुपैया सहयोग गरिएको छ । सानै रकम भएपनि एक पटक औषधी खरिद गर्न र आफ्नो दुखतमा साथीहरु छन भनेर हौसला प्रदानका लागि समेत सहयोग गरेको अवस्थीले बताए ।
‘आफ्नै सहकर्मीलाई दुख पर्दा सक्दो सहयोग गर्ने हो, ‘यो हाम्रो कर्तव्य पनि हो, ‘उनले भने, ‘यस अघि पनि यस्तै होली खेलेर जम्मा भएको रकमबाट हामीले अन्य बिरामी पत्रकार साथीहरुलाई पनि रोगको प्रकृति अनुरुप उपचार खर्च उपलब्ध गराएका थियौँ ।’ अपिटुडे दैनिकका प्रकासक प्रेस चौतारी कञ्चनपुरका संस्थापन एव महासंघका अध्यक्ष धामीको जिल्लाका पत्रकारहरुले स्वास्थ्य लाभको कामना गर्दै सक्दो दुखतका बेला सहयोग गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?