माईती नेपालकी संयोजक भट्ट, बुद्धिजिवी मौनी र मदन पुरस्कार बिजेता साउदलाई सम्मान

उपेश सिंह धामी
कञ्चनपुर, २५ असोज ।
नेपाल जेसीजले कञ्चनपुरका तीन प्रभावशाली युवा (व्यक्तित्व) हरुलाई सम्मान गरेको छ । शुक्रबारदेखि महेन्द्रनगरमा शुरु भएको जेसीजको क्षेत्र९घ० सम्मेलनमा जिल्लाका तिन प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
महेन्द्रनगर जेजीजका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले माईती नेपालकी जिल्ला संयोजक महेश्वरी भट्ट, लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल एव बैद्धिक व्यक्तित्व श्याम सिह मौनी र मदन पुरस्कार विजेता नर बहादुर साउदलाई सम्मान गरेको बताए । भट्ट, मौनी र साउदलाई दोसल्ला, प्रमाण पत्र, फुलमालाका साथै मायाको चिनो दिएर सम्मान गरिएको छ ।
माईती नेपाल कञ्चनपुरकी संयोजक एव महिला अधिकारकर्मी भट्टले भारत लगायत विदेशमा समेत बेचिएका चेलीबेटीहरुको उद्दार गरेर समाजिक काम गरेको, मौनीले शैक्षिक क्षेत्रको स्तर बृद्धि समाजिक काम गरेको र साउदले कृषि समाजिक क्षेत्रको बृद्धि विकासमा योगदान पु¥याएको आधारमा सम्मान गरिएको बताए । सम्मानित त्रय व्यक्तित्व भट्ट, मौनी र साउदले थप समाजिक उत्तरदायित्व थपिएको बताएका छन । यस अघि पनि उनीहरु समाजिक, शैक्षिक, कृषि लगायतका विवित क्षेत्रबाट सम्मान, पुरस्कार पाईसकेका थिए ।

ताजा खबर

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?