जेलबाट माओवादी नेता जोशी छुटे ‘मलाई समाजसेवाबाट भाग्ने छुट छैन’ ः अनन्त

कञ्चनपुर, १० असोज
नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता कारागारबाट छुटेका छन । शुक्रबार माओवादी नेता टेकराज जोशी९अनन्त० कारागारबाट छुटेका हुन । १७ बर्षअघि ज्यान उद्योग मुद्दामा कारागारमा कैदभुक्तान गरिरहेका माअ‍ोवादी नेता जोशी छुटेकोे कारागार प्रशासनले जनाएको छ ।

कञ्चनपुर कारागारका निमित्त जेलर रामदत्त जोशीले ज्यान कसुर मुद्दामा कैद भुक्तान गरिरहेका टेकराज जोशी९अन्तत०ले कामदारी सत प्रतिशत कैद भुक्तान गरेपछि छुटेको बताए । उनका अनुसार कारागार ऐन ०७९को दफा ५४ अनुसार जोशीले कामदारी सुविधा बाफत पुरै कैद भुक्तानी गरेपछि छुटेको हुन ।
अदालतले जोशीलाई २० बर्ष कैद गरेपछि २९ जेठ ०६५ सालमा कारागाार चलान भएका थिए । ‘टेकराजलाई २० बर्ष कैद भएपनि २ बर्ष ८ महिना १९ दिन कामदारी सुविधा पाएर छुटेका हुन, ‘जेलर जोशीले भने, ‘उहाँ कारागार ऐन अनुरुप नै कैदमुक्त भएका छन ।’
१७ बर्ष बढि कैद भुक्तान गरेका माओवादी नेता जोशीको विदाईमा कैदीबन्दी, कारागारका कर्मचारी, पुर्वकैदीबन्दी, आफन्त,ईष्टमित्र, उद्योगी, व्यवसायी, साथीभाई सहित माओवादी नेता कार्यकर्ताहरुले स्वागत एव विदाई गरेका छन । लामो समय कैदी जिवन विताएका माओवादी नेता टेकराज जोशी९अनन्त०ले आफुले पुन समाजिक सेवामा खटिने बताए । ‘आफुले उतिबेला अपराध नगरेरैपनि कैदभुक्तानी गर्नुपर्ने भयो, ‘उनले भने, ‘मैले कारागारमा दुखदेखि जिवनमा दुवै सिकाई पनि भयो, अब सिकाईलाई समाजिक काममा खर्च गर्छु ।’ जानी नजानेर थुप्रै मानिस कारागार पुग्नुपर्ने अवस्था सृजना भएको उनको दुखेसो छ । ‘मैले न्यूटल बस्छु भन्दा पनि समाजले मलाई यतिबै बस्ने छुट दिने छैन, ‘उनले भने, ‘बाँकी जिवन समाजकै लागि खर्चिछु ।’ कारागारबाट छुटे लगत्तै ¥याली सहित बजार परिक्रममा गरेर दैजीघरसम्मै पु¥याएका थिए ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?