बेलडाँडीमा खुला फुटबल प्रतियोगिता शुरु

 विकास सिह महता

कञ्चनपुर, भदौँ ७

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला नकआउट फुटवल प्रतियोगिता शुरु भएको छ । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा पर्वको अवसरमा बेलडाँडीमा रहेको अल स्टार युवा क्लबको आयोजनामा आठौं संस्करण बेलडाँडी खुल्ला नकाउट फुटवल प्रतियोगिता ०८२ शुरु भएको हो । शनिबार बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुद प्रतियोगिताले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि टेवा पुग्ने बताए । अलस्टार युवा क्लबका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक मनोज खडायतले आयोजकका ३ सहित १६ टिमविच प्रतिस्पर्धा बताए । आठौं संस्करण बेलडाँडी खुला फुटवल प्रतियोगिता क्लबकै सबै भन्दा ठुलो धनराशिको प्रतियोगिता आयोजना हुन लागेको जनाएको छ । खेलकुद विकासका र समाज रुपान्तरणका लागि स्थापन भएको क्लबले नयाँ ढंगले अगाडी अग्रसर रहनका लागी युवाहरुको एकरुपता संगै युवा जमाता तातेपछि आजसम्मकै क्लबले आयोजना गर्ने प्रतियोगिता भन्दा ठुलो धनराशि ८२ हजार नगद ट्रफी, प्रमाण पत्र, मेडल सहितको व्यवस्था गर्ने बताए । अलस्टार क्लबका अध्यक्ष लोक बहादुर बलायरले बेलडाँडी गाँउपालिका प्रमुख हरिचन्द्र रानाको प्रमुख आथित्यमा उद्घाटन गरेर खेलहरु निरन्तर खेलाईनेछन । क्लबलाई जिल्लामै नयाँ ढंगले प्रस्तुत गर्न लागिएको बताउँदै प्रतियोगिता वडा नं १ को गौरा महेश्वरी र कालिका मन्दिरको छेउमै रहेको फुटवल मैदानमा आयोजना हुने छ। अलस्टार क्लबका सचिव धन बहादुर महताले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ८२ हजार नगद रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र द्वितिय हुनेलाई ४५ हजार रुपैया पुरस्कार प्रदान गरिने बताए । सचिव महताले अन्य विधाका उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको टिम दर्ता शुल्क ६ हजार १ सय राखिएको थियो । खुला फुटवल प्रतियोगितामा सहभागी हुन सबै खेलप्रेमिलाई क्लवले अनुरोध समेत गरेको छ । हरेक बर्ष सुदुरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हुने खेलकुद प्रतियोगिताले संस्कृतिसंगै खेलकुद बृद्धि विकासमा टेवा पु¥याएको छ ।

ताजा खबर

अलौकिक मनोवैज्ञानिक स्वास्थ्य उपचार शिविर सञ्चालन हुने

कञ्चनपुर, १७ मंसिर कञ्चनपुरको दोधारा चादनी नगरपालिकामा यही मंसिर २०...

महाकाली आयुर्वेद औषधालयलमा स्वर्ण विन्दु प्राशन कार्यक्रम आयोजना हुदै

कञ्चनपुर, १७ मंसिर महाकाली आयुर्वेद औषधालयले ६ महिना देखि...

लक्ष्मी माध्यमिक विद्यालय बागफाँटामा प्रधानाध्यापक नाथको जन्मदिन विद्यार्थीहरूले मनाए

महेन्द्रनगर १५ मंसिर ः भीनपा–१९ स्थित लक्ष्मी माध्यमिक विद्यालय...

सुदूरका औषधी व्यवसायीको आन्दोलनले सेवाग्राही समस्यामा

पवन थापा कञ्चनपुर, १५ मंसिर गत साउन दोस्रो साता तत्तकालिन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?