जमिन भन्दा डिपिआर २ मिटर बढी हुँदा  कृष्णपुर नगर अस्पताल अहिलेसम्म बनेन् 

 

शकर अवस्थी 

कञ्चनपुर, २० साउन 

जमिन अभावका कारण कृष्णपुर नगर अस्पतालकोे भवन निर्माण ढिलाई भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अस्पताल बनाउनका लागि ११ माघ ०७७ सालमा सूचना प्रकासित गरेर प्रकृया अघि बढाएका थियो ।

जस अनुरुप कृष्णपुर नगरपालिका ५ गुलरिया स्थित स्वास्थ्य चौकीकै प्राङगणमा नगर अस्पताल बनाउने ठेक्का गरिएको थियो ।

बराह डेभलपर्स प्रालि(राजेन्द्र निर्माण सेवा प्रालि)ले दुई बर्षभित्रै नगर अस्पताल बनाउने सम्झौता गरेको थियो । तर, सम्झौता सकिएकोे २ बर्षसम्म पनि अस्पताल निर्माण हुन नसकेको छैन ।

५ जेठ ०७८ देखि ४ जेठ ०८० सम्म अस्पताल बनाईसक्ने नगरपालिकासंग ६ करोड, ९९ लाख, ७३ हजार, ६ सय ७६ रुपैया भ्याट सहित सम्झौता गरेको थियो । निर्माण व्यवसायीले नगरपालिकाले उतिबेलै साईड दिन नसक्दा काम गर्न छाडेको जनाएको छ ।

कृष्णपुर नगरपालिका ५का वडाध्यक्ष समेत रहेका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष टेक पाण्डेयले नगर अस्पताल निर्माणका लागि कम्तिमा ११कट्टा जमिन आवश्यक भएपनि उतिबेला जमिनको एकीन नगरेर डिपिआर बनाएको बताए ।

‘नगर अस्पतालका लागि चाहिने जमिन भन्दा डिपिआर पनि २मिटर ठुलो बनाईएको रहेछ, ‘उनले भने, ‘उक्त डिपिआरपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत गराउनुपर्ने भएपनि नगराएरै टेण्डर आब्हानदेखि सम्झौता गर्दा निर्माण कार्य हुन नसकेको बताए ।

‘अस्पताल निर्माणका लागि शुरुवाती चरणदेखि त्रृटीपुर्ण काम भएको पाईयो, ‘उनले भने, ‘त्रृटीपूर्ण सम्झौताकोे अन्तिम टुङगा नलाग्दासम्म निर्माण कार्य अघि बढ्न सकेन, मुख्य विषय ठेकेदारलाई स्पष्ट लाईन दिनसक्दा नै अस्पताल निर्माण कार्य शुरुवात नै हुन नसकेको रहेछ ।’ अध्यक्ष पाण्डेयले अधिल्लो एमाले नेतृत्वको स्थानीय सरकारकै पालनामा टेण्डर सम्झौता भएपनि ठेकेदारलाई अस्पताल भवन निर्माणका लागि जमिन दिन नसक्दा अहिलेसम्म निर्माण कार्य शुरुवात हुन नसकेको नसकेको दावि गरेका छन ।

‘यो नगर अस्पताल बनाउने कार्य ०७८मै ठेक्का भएको रहेछ, ‘उनले भने, ‘हामीले ०७९ मा चुनाव जितेर नगरमा आयौँ, अहिले आएर उनै साथीहरु नगर अस्पताल बनेन भनेर दोष थुपार्दै आएका छन ।’ त्रृटीपूर्ण सम्झौता हुँदा दोषिजती आफुहरुमाथि खनाउने काम भएको भन्दै उनले सुधारका लागि पहल भईरहेको बताए । ‘निर्माण व्यवसायीले पहिलो पेश्की लिईसकेको रहेछ, ‘उनले भने, ‘ठेक्का तोड्दा समेत व्यवसायीलाई लाईन दिन नसक्दा अहिलेसम्म नगर अस्पतालको भवन हामीले बनाउन सकेनौँ ।’ उनले नगर अस्पतालका लागि चाहिने आवश्यक जमिनको खोजिमा रहेको बताउँदै कृष्णपुर नगर अस्पताल निर्माणका लागि पहल भईरहेकोे बताए ।

१५ मंसिर ०७७ सालमा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ पालिका अस्पतालको उद्घाटन गरेपनि कृष्णपुरमा कामकाज अघि बढ्न सकेको छैन ।

कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन विष्टले डिपिआर अनुरुप जमिन अभाव हुँदा अस्पताल निर्माण हुन नसकेको बताए । ‘नगर अस्पताल बनाउन टेण्डर भयो, तर टेण्डरको डिपिआर अनुरुप फिल्डमा जमिन थिएन, ‘उनले भने, ‘जमिन अभावले नै अस्पताल बन्न सकेन ।’

कृष्णपुर नगर प्रमुख हेमराज ओझाले नगर अस्पताल निर्माणका लागि जमिनको खोजी भईरहेको बताए । ‘पहिले जमिनको सुनिश्चिता बिनै टेण्डर आब्हान गरियो, ‘उनले भने, ‘त्यसैले निर्माण नै हुन सकेन, अब हामीले नगरभित्रै पायक पर्ने स्थानमा जमिन खोजेर अस्पताल निर्माण कार्य अघि बढाउँछौँ ।’

 

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?