
कञ्चनपुर, १७ साउन
गत बर्ष पनि कञ्चनपुरबाट १ अर्ब, ८० करोड भन्दा बढि रकम फ्रिज (फिर्ता) भएको छ । आर्थिक बर्ष ०८१÷०८२ मा कञ्चनपुरबाट १अर्ब, ८० करोड, १७ लाख, ३४ हजार ८० रुपैया फिर्ता भएको हो । संघीय सरकारको कोष तथा लेखा नियन्त्रण र प्रदेश सरकारको प्रदेश लेखा इकाईकोे तथ्याङ्क अनुसार जिल्लामा ८९.४९ प्रतिशत रकम खर्च भएको छ । कुल १७ अर्ब, १४ करोड, ५५ लाख, १७ हजार ४१० रुपैया बजेटमा १५अर्ब, ३४ करोड, ३७ लाख, ८३ हजार, ३ सय ३० रुपैया खर्च भएको छ । कोलेनिका तथ्याङ्क अनुसार चालु तर्फ ९खर्ब, ७३ करोड, १५ लाख, २० हजार १ सय ४८, पुजिगत तर्फ ४ अर्ब, २९ करोड, १५ लाख, ३१ हजार ४६२ गरेर १४ अर्ब, २ करोड ३० लाख ५१ हजार ६ सय १० रुपैया मध्ये चालु ९ अर्ब, ३२ करोड, ८० लाख, ५२ हजार ९ सय ८८ र पुँजिगत तर्फ ३ अर्ब, ७८ करोड, ५४ लाख, ९५ हजार ४ रुपैया गरेर १३ अर्ब, ११ करोड, ३५ लाख, ४७ हजार ९ सय ९१ खर्च र जसमध्ये ९० करोड, ९५ लाख, ३ हजार ६ सय १९ रुपैया फिर्ता भएको छ । प्रदेश लेखा इकाईकोे तथ्याङ्क अनुसार चालु तर्फ १ अर्ब, ५२ करोड, ३९ लाख, ७० हजार, ८ सय, पुजिगत १ अर्ब, ५९ करोड, ८४ लाख, ९५ हजार गरेर ३ अर्ब, १२करोड, २४ लाख, ६५ हजार ८ सय जम्मा बजेट मध्ये चालु तर्फ खर्च १ अर्ब, २१ करोड, ४९ लाख, ९९ हजार २ सय ९८, पुँजिगत तर्फ १ अर्ब, १करोड, ५२ लाख, ३६ हजार ४१ रुपैया गरेर २ अर्ब, २३ करोड, २३ लाख, ५ हजार ३सय ३९ खर्च मध्ये ८९ लाख, २२ लाख, ३० हजार ४ सय ६१ रुपैया फिर्ता भएको छ । यसैविच कञ्चनपुरमा एकै महिना ३ अर्ब, १२ करोड बढी बराबरको बजेट खर्च भएको छ । जिल्लामा रहेको तीनै तहका ८७ सरकारी कार्यालयको असारमा मात्रै कुल बार्षिक बजेटको १८.२१ प्रतिशत रकम एकै महिना खर्च गरेका छन । आर्थिक बर्षकोे अन्तिम असार महिना ३ अर्ब, १२ करोड, ३० लाख, २९ हजार ८ सय ३ रुपैया खर्च भएको हो । संघीय कार्यालय असारमा चालु तर्फ १ अर्ब, १५ करोड, १७ लाख, ५२ हजार २ सय २६ पुजिगत तर्फ १ अर्ब, १२ करोड, ४२ लाख, ७८ हजार ७ सय ९६ रुपैया गरेर जम्मा २ अर्ब, २७ करोड, ६० लाख, ३१ हजार २२ रुपैया खर्च भएको छ । भने, प्रदेश कार्यालय असारमा चालु तर्फ ३८ करोड, ८५लाख, ४हजार ३७र पुजिँगत तर्फ ४५करोड, ८४लाख, ५८ हजार, ७सय ४४रुपैया गरेर ८४करोड, ६९लाख, ९८ हजार ७सय ८१रुपैया खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरका सुचना अधिकारी सविना वनले देशभरी मध्ये कञ्चनपुरमा बजेट राम्रो खर्च भएको बताईन । विभिन्न कारणले आएको बजेट फ्रिज हुने गरेको बताए । उनका अनुसार सम्बन्धीत कार्यालयले काम नगर्दा आएको बजेट खर्च भएको हो । ठेक्का कबुल अंक भन्दा कममा ठेक्दा सदर गर्दा बाँकी रहेको रकम सदर नगर्नु, बैदेशिक स्रोतको फुकुवा नहुनु काम गर्ने प्रकृया लामो भएका कारण बजेट फिर्ता हुने गरेको छ । प्रदेश लेखा इकाई कञ्चनपुरका सुचना अधिकारी बीर बहादुर ऐरले ढिलो अख्तियार आउनेदेखिका विवित प्रशासनिक समस्याले बजेट पुरै खर्च हुन नसकेको र असारमा बाँकी बजेट रकम खर्च हुँदै आएको बताए । योजना सम्पन्न गर्नका लागि सम्बन्धीत कार्यालय र कर्मचारीमा इच्छा शक्तिको अभावका कारण पनि बजेट फिर्ता जाने गरेको सम्बन्धीत निकायले जनाएका छन् । बजेटको अख्तियार ढिला आउँनु, कार्यान्वयन विधी प्रकृयामा ढिलाई, सम्बन्धीत कार्यालयको ढिलासुस्ती, ठेकेदारको लार्पबाही आदि विभिन्न कारणबाट बजेट फ्रिज जाने गरेको छ । बजेटमा कमिशनको खेल कारण सम्बन्धीत कर्मचारीले योजना अघि बढाउन नखोज्दा बजेट फ्रिज जाने गरेको कर्मचारीको भनाई छ । जिल्लाको बृद्धि विकासका लागि कञ्चनपुरमा आएको बजेट फ्रिज जाँदा यहाँका स्थानिय चिन्तित भएका छन् । फ्रिज हुने बजेटका कारण जिल्लाको विकास निर्माणमा समेत बाधा उत्पन्न भएको स्थानीयको भनाई छ । विकास निर्माणका लागि जिल्लामा आएको बजेट सदुपयोगमा स्थानीयले जोड दिएका छन् । नीतिगत रुपमै पुँजिगत बजेट काममा लगाउन समेत स्थानीयको सुझाव छ ।
Enter
Write to Bist MB


