मानव अधिकार शिक्षा एक दिवसीय कार्यक्रम कञ्चनपुरमा सम्पन्न

कञ्चनपुर ०४ साउन ।
नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा मानव अधिकार शिक्षा एक दिवसीय कार्यक्रम कञ्चनपुरमा भव्य रूपमा सम्पन्न भएको छ ।
भीमदत्त १० का वडा अध्यक्ष महेश चन्द कार्यक्रम संयोजन रहेका थिए भने सञ्चालन गोबिन्द प्रसाद ढकालले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत महेन्द्रनगरका माननीय न्यायाधीश उज्वल सुक्ला हुनुहुन्थ्यो ।
विशेष अतिथिका रूपमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक
(एसपी) खड्क बहादुर खत्रीको सहभागिता रहेको थियो । संविधानमा उल्लेखित मौलिक हक र मानव अधिकारसम्बन्धी प्रशिक्षक ढकालले जानकारी दिँदै भने, “कुनै एक ठाउँमा भएको अन्याय सम्पूर्ण समाजमाथि भएको अन्याय हो। स्वतन्त्रताको चाहना आफैंदेखि सुरु हुन्छ, त्यसपछि मात्र अरूको साथ पाइन्छ ।”
वरिष्ठ अधिवक्ता त्रिपाठीले संविधान, मानव अधिकार र नागरिक चेतनाबारे सन्देशमूलक विचार राख्दै यस्ता कार्यक्रमहरूले कानुनी चेतना अभिवृद्धिमा टेवा पु–याउने बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूबाट मूल्यवान सुझाव, मन्तव्य र अनुभवहरू प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार पत्रकार, बुद्धिजीवी, महिला र युवाको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रम उत्साहजनक र सभ्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागिहरुले मानव अधिकार शिक्षा सम्बन्धि विज्ञ वक्ताहरुबाट राम्रो ज्ञानको कुरा अनुग्र्रहण गरेको बताएका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?