ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ग्लोबल हिरो अवार्ड प्रदान गरीने

काठमाडौं ०३ साउन ।
यस वर्षको प्रतिष्ठित ग्लोबल हिरो अवार्ड नेपालका दुई प्रख्यात व्यक्तिहरू ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। यो अवार्ड आगामी जुलाई २७ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीद्वारा आयोजित एक भव्य समारोहमा प्रदान गरिनेछ।

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक हुन्, जसलाई लोडसेडिङ अन्त्यको श्रेय दिइन्छ। उनको कुशल नेतृत्व, दृढ इच्छाशक्ति र व्यवस्थापकीय क्षमताका कारण नेपालले दशकौँ लामो लोडसेडिङबाट मुक्ति पाएको थियो।

घिसिङको यो योगदानले नेपाली जनताको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ र उनी ुअँध्यारोबाट उज्यालोु ल्याउने नायकका रूपमा लोकप्रिय छन्।

यसैगरी, ज्ञानेन्द्र शाही, एक प्रभावशाली युवा नेता र सामाजिक अभियन्ताका रूपमा परिचित छन्। उनले भ्रष्टाचारविरुद्धको अभियान, सुशासनको वकालत र जनजीविकाका सवालहरूमा निरन्तर आवाज उठाउँदै आएका छन्। ​

ग्लोबल नेपालीले हरेक वर्ष नेपालमा आ(आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै यो अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष घिसिङ र शाहीले राष्ट्र निर्माण र जनसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप यो अवार्ड प्रदान गर्न लागिएको हो ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?