विपद् पूर्वतयारीका लागि दोधारा चाँदनीमा ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ 

कञ्चनपुर ०१ साउन ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अन्तर्गत ‘टेबल-टप कृत्रिम नमुना घटना अभ्यास’ सम्पन्न भएको छ। यो अभ्यास मनसुनमा आउन सक्ने बाढी, डुबान, भूक्षय र अत्यधिक वर्षा जस्ता प्राकृतिक विपद्हरूको सामना गर्न सरोकारवाला निकायहरूलाई तयार पार्ने उद्देश्यले आयोजना गरिएको हो।

उक्त कार्यक्रम नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए), दोधारा चाँदनी नगरपालिका, क्लाइमेट रेजिलियन्स एलायन्स, मर्सीकोर, डिसिए, युनिसेफ, निड्स नेपाल र अक्सफाम लगायतका संस्थाहरूको सहकार्यमा सम्पन्न भएको हो। यसले विपद् व्यवस्थापनमा स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र मानवीय सेवा प्रदायकहरूबीचको समन्वयलाई थप सुदृढ बनाएको छ।

नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले विपद् जोखिम र त्यसको प्रभाव न्यूनीकरणका लागि पूर्वतयारी कसरी गर्ने भन्ने विषयमा जोड दिनुभयो। उहाँले मनसुनको उच्च जोखिमलाई ध्यानमा राख्दै बाढी, डुबान, भूक्षय, अत्यधिक वर्षा लगायतका सम्भावित प्राकृतिक विपद्का परिदृश्यहरूमा कसरी प्रभावकारी रूपमा काम गर्न सकिन्छ भन्नेबारे आठवटा कृत्रिम नमुना घटनामार्फत अभ्यास गरिएको बताउनुभयो। जैरुले यस्ता कृत्रिम नमुना अभ्यासको आवश्यकतामाथि प्रकाश पार्दै, यसले वास्तविक विपद्को समयमा छिटो र प्रभावकारी प्रतिक्रिया दिन सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बूले दोधारा चाँदनीमा गत वर्ष पनि यस्तै कार्यक्रम आयोजना गरिएको र यसले सरोकारवाला निकायलाई सक्षम बनाएको बताउनुभयो। उहाँका अनुसार यस कार्यक्रमले विपद्को समयमा तत्काल प्रतिक्रिया जनाउन सक्ने क्षमताको विकास गरेको छ, जुन स्थानीय समुदायको सुरक्षाका लागि निकै महत्त्वपूर्ण रहेको उहाँको भनाई रहेको छ।

नेपाल राष्ट्रीय समाज कल्याण संघ (एनएनएसडब्लुए) का सुदृढ परियोजना संयोजक राजकुमार सुनारले गत वर्ष पनि दोधाराचाँदनीमा कृत्रिम नमुना अभ्यास गरिएको र यसले विपद्को सामना गर्न तयार पार्न महत्त्वपूर्ण प्रभाव पारेको बताउनुभयो। उहाँले यस्ता अभ्यासले विपद् प्रतिकार्य टोलीहरूको क्षमता अभिवृद्धि गर्ने र समुदायलाई सुरक्षित राख्न मद्दत गर्ने बताउनुभयो।

निडस् नेपालका प्रतिनिधि दिव्य देव पण्डितले बाढी आउनुअघि र आइसकेपछि के कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा टेबुलटप अभ्यास महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार, यसले सम्बन्धित निकायहरूलाई पूर्वतयारी र उद्धार कार्यका लागि स्पष्ट मार्गनिर्देशन प्रदान गर्नेछ।

कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन समिति, सामुदायिक विपद् व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, मानवीय सेवा प्रदायक संघ-संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र उत्थानशील युवा सञ्जालहरूले महाकाली नदीको बाढी पूर्वानुमानका विभिन्न परिदृश्यहरूमा आ-आफ्नो भूमिका बारे नमुना घटना अभ्यास गरेका थिए। यस अभ्यासले सबै सरोकारवाला निकायहरूलाई एकसाथ बसेर योजना बनाउन र विपद्को समयमा आ-आफ्नो जिम्मेवारी बुझ्न मद्दत गरेको बताइएको छ।

यस प्रकारका अभ्यासले दोधारा चाँदनी नगरपालिकालाई सम्भावित मनसुनी विपद्बाट हुने क्षति न्यूनीकरण गर्न र समुदायलाई सुरक्षित राख्न थप सक्षम बनाउने विश्वास गरिएको छ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?