कञ्चनपुरमा बृक्षारोपण सप्ताह शुरु ः ५० हजार बिरुवा रोपिने 

 

कञ्चनपुर, १साउन 

कञ्चनपुर सामुदायि वनमा बृक्षारोपण सप्ताह शुरु भएको छ । जैविक विविधता सरक्षणका लागि सामुदायिक वन समन्वय समितिले बृक्षारोपण सप्ताह शुरु गरेको छ । सामुदायिक वन समन्वय समितिले १साउनदेखि ७गतेसम्मै एक साताव्यापी रुपमा बृक्षारोपण गर्न लागेको हो । आफ्नै नर्सरीमा फलफुल लगायतका बनस्पतीजन्य बिरुवा उत्पादन गरेर सामुदायिक वनहरुमा बृक्षारोपण गरिरहेको छ ।

सामुदायिक वन समन्वय समितिले बिहीबार शुक्लाफाँटा नगरपालिका १बन्साहकोे झिलिमिली सामुदायिक वनदेखि बृक्षारोपण शुरु गरेको जनाएको छ ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले गत विगतका बर्षहरु जस्तै यस बर्षपनि सामुदायिक वन मार्फत वन सहित निजी जमिन,खोला नदी नाला क्षेत्रमा बृक्षारोपण कार्यक्रम शुरु गरिएको बताए । अध्यक्ष जोशीले तराई भूपरिधी कार्यक्रम मार्फत पर्यावरण सरक्षण गर्दैै जैविक विविधताका लागि बृक्षारोपण अभियान संचालन गरिएको बताए । अध्यक्ष जोशीले सामुदायिक वन समन्वय समिति(सिएफसीसी)मा आबद्ध रहेका वनहरु, तिनका उपभोक्ता एव अन्य नागरिकलाई निःशुल्क बिरुवा वितरण गरेर बृक्षारोपण गर्न लगाएको बताए । अध्यक्ष जोशीका अनुसार फलफुल, आयुर्वोद, वनस्पतीजन्य प्रजातिका बिरुवा बृक्षारोपण गरिएको छ । अध्यक्ष जोशीले यस बर्ष शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र लालझाडीका एकसय हाराहारी सामुदायिक वनमा झण्डै ५० हजार बिरुवा बृक्षारोपण गर्ने लक्ष्य रहेको बताए । ‘हरेक सामुदायिक वनमा हामीले ४देखि ५ हजार बिरुवा रोप्ने छौँ, ‘उनले भने, ‘एक सातासम्म हामी आफै प्रत्यक्ष सामुदायिक वनमा गएर वितरणदेखि बृक्षारोपण गछौँ, बाँकी दिन उपभोक्ताहरु आफैले गर्दछ ।’

झिलमिली सामुदायिक वनका अध्यक्ष करन बहादुर चन्दले गत बर्षदेखि सामुदायिक वनमा सिएफसीसीले बृक्षारोपण कार्यक्रम संचालन गरेको बताए । ‘गत बर्षदेखि अभियानकै रुपमा हामीले बृक्षारोपण गरेका हौँ, ‘उनले भने, ‘रोपिएका बिरुवा अहिले हुर्किसकेका छन, त्यहाँ हरियाली भएको छ ।’ सामुदायिक वनमा चरिचरन बन्ददेखि चोरीतस्करी नियन्त्रण भएकाले रोपिएका बिरुवाको सरक्षण, प्रर्बद्धन गर्दै सामुदायिक वनको विकास गर्ने अध्यक्ष चन्दको प्रतिबद्धता छ । सामुदायिक वनका उपभोक्ताहरुले बृक्षारोपण गरेका बिरुवाको सरक्षणमा जोडदिएका छन । उपभोक्ता तेज बहादुर कार्कीले निजी वन प्रर्बद्धनका लागि बृक्षारोपण अभियान दीगो बनाउन वनले भूमिका निर्वाहमा जोडदिए । उनले सामुदायिक वनमा हुने अनियमिता, भ्रष्टाचार न्यूनिकरण गर्दै प्रर्बद्धनका कार्यक्रम सचालनमा सुझाव दिए ।

उपभोक्ता रत्नी लुहारले वन र निजी घर जमिन क्षेत्रमा बृक्षारोपणले पर्यावरण सरक्षणमा टेवा पुग्ने बताईन । सामुदायिक वन समन्वय समिति(सिएफसीसी)का उपाध्यक्ष नरेश भट्टले बृक्षारोपणले बगर क्षेत्र, उर्बराभूमि, क्षयिकरण हुने स्थान सरक्षण प्रर्बद्धन भईरहेको बताए ।

(सिएफसीसी)उपाध्यक्ष भट्टले सामुदायिक वनका खाली जमिनमा पनि बृक्षारोपण गर्ने बताउँदै यस अघि जिल्लामा लगाएका बिरुवाले रुखको रुप लिईरहेका छन । शुक्लाफाँटा नगरपालिका १ का वडाध्यक्ष उत्तरदेव भट्टले बृक्षारोपण जस्ता कार्यक्रमले पर्यावरण स्वच्छ भई मानिसका लागि चाहिने अक्सिजनदेखि काठदाउरा, स्याउला सहजै पाईने बताए ।वडाध्यक्ष भट्टले बृक्षारोपण गरिएका बिरुवाको हुर्काउनका लागि नियमित रेखदेख गर्नुपर्ने सुझाव दिएका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?