सिद्धनाथ मन्दिर महेन्द्रनगरमा आजबाट महा आरती शुरु 

कञ्चनपुर, ०१ साउन । 

आजदेखि कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा महाआरतीको हुन लागेको छ । जिल्ला मुकाम भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा महाआरतीको हुन लागेको हो । सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक आयोजना गरेको महाआरती कार्यक्रमको विधिवत रुपमा बिहानैदेखि संचालन हुने जनाएको छ ।

बिहिबार १ साउन आजदेखि अभिषेकात्मक लघु रुद्री एव श्रृङगारिक महाआरतीको तयारी पुरा भएको आयोजकले जनाएको छ । सिद्धनाथ मन्दिर विकास समितिका कावा महासचिव सिके भट्टले तयारी पुरा भएको बताउँदै कलसयात्रा सहितका कार्यक्रम संचालन गरेर आरती शुरु हुने बताए । कावा महासचिव भट्टले ईतिहासमै पहिलो पटक मन्दिरमा धार्मिक महायज्ञ संचालन हुन लागेको बताए । उनले धर्म संस्कृति कला सरक्षणका साथै धार्मिक पर्यटन प्रर्बद्धनको कार्यक्रम गर्न लागेको बताए । ‘हामीले हनुमान र नन्दी’को मूर्ति ल्याएका छन, त्यो मूर्तिपनि हाम्रै सुदूरपश्चिम प्रदेश डडेल्धुराका मूर्तिकारले बनाएका हुन, ‘उनले भने, ‘कार्यक्रम ऐतिहासिक भव्य हुनेछ, यसमा सरोकारवालाको सहयोग आव्रश्यक छ ।’ महायज्ञ संचालनका लागि मुल समिति सहितका उप समिति समेत गठन गरिएका छन । शान्ति देवी ऐर संयोजकत्वमा अतिथि सत्कार एव स्वागत उपसमिति, भुवन कुँवर संयोजकत्वमा टेण्ट साउण्ड व्यवस्थापन उपसमिति, चन्द्कान्त भट्ट संयोजकत्वमा प्रचारप्रसार धार्मिक, साँस्कृतिक उपसमिति, सुरेश प्रकास चटौत संयोजकत्वमा पुजा व्यवस्थापन एव यज्ञ व्यवस्थापन उपसमिति, तेज बहादुर भण्डारी संयोजकत्वमा अभिनन्दन एव सम्मान कार्यक्रम उपसमिति, नारु जोशी संयोजकत्वमा कलशयात्रा व्यवस्थापन उपसमिति, लोकराज भण्डारीको संयोजकत्वमा ब्राम्हमण एव नित्यकणर्म व्यवस्थापन समिति र होम बहादुर कुँवर सयोजकत्वमा श्रद्धालु भक्तजन एव जनसम्पर्क उपसमिति गठन गरिएको छ । मन्दिरका मुख्य पुजारी पुष्करराज उप्रेती क्षेत्रकै ऐतिहासिक, धार्मिक महत्वपूर्ण भएको बताए । उनले मन्दिर स्थापना कालदेखि हालसम्मकै पहिलो विराट कार्यक्रम हुन लागेकोे बताए । सिद्धनाथ मन्दिर विकास समितिका उपाध्यक्ष एव महायज्ञ मुल समितिका सयोजक अरुणा जोशीले ऐतिहासिक धार्मिक कार्यको बृद्धि विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा आग्रह गरेकी छिन । शास्त्री उमाकान्त अवस्थीले कार्यक्रम ऐतिहासिक भएको बताउँदै कलसयात्रा, बेदयज्ञ, बिद्धान पण्डितहरुबाट प्रबचन सहितका कार्यक्रम सचालन गरिने बताए । सिद्धनाथ मन्दिर विकास समितिका संस्थापक अध्यक्ष होम बहादुर कुँवरले धर्म, संस्कृति कला सरक्षणका लागि कार्यक्रम सरानिय भएको बताए । संस्थापक अध्यक्ष कुँवरले हिन्दुधर्म सरंस्कृति सरक्षणका लागि कार्यक्रम प्रभावकारी हुने बताए । सिद्धनाथ मन्दिर विकास समितिका कावा अध्यक्ष कैलाश भट्टले मन्दिरको ऐतिहासिक कार्यक्रमबाट मन्दिरकोे बृद्धि विकासदेखिका धार्मिक पर्यटकीय केन्द्र निर्माण हुने विश्वास व्यक्त गरेका छन । सात दिनसम्म हुने कार्यक्रममा उपस्थितिका लागि आयोजकले भक्तजनहरुमा हार्दिक अपिल गरेको छ ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?