नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७

कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी नवराज भट्ट चयन भएका छन । भीमदत्त नगरपालिका ४महेन्द्रनगरको बैजनाथ मावि शिक्षक अभिभावक संघ(पिटिए)को अध्यक्षमा समाजसेवी एव पुस्तक व्यवसायी भट्ट चयन भएका हुन । शुक्रबार अभिभावक भेलाबाट (पिटिए)को अध्यक्षमा भट्ट सर्वसम्मत चयन भएको विद्यालयले जनाएको छ । सदस्यमा कमल नेपाली, भुवनेश्वर चटौत, लोकेन्द्र सिह बोहरा, मनिराम भट्ट, पुजा उपाध्याय, चुडामणी भट्ट, पुष्पा पन्त(भट्ट) रहेका छन । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति सदस्य पनि चयन गरेको छ । सन्तोष नेपाली, कमला पन्त, गणेश सिह खत्री, अनिता खत्री रहेका छन । बैजनाथ माध्यामिक विद्यालय शिक्षक अभिभावक संघको अध्यक्षमा सर्वसम्मत चयन भएका नवराज भट्टले विद्यालयको बृद्धि विकासका लागि भुमिका निर्वाह गर्ने प्रतिज्ञा गरेका छन । भेलामा भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्ट, भीमदत्त शिक्षा, युवा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी सहितका सरोकारवाला सहभागि थिए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?