एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी
कञ्चनपुर, असार २५
भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा रहेछन, भन्ने उदाहरण सत्ताधारी एमाले नेता समेत रहेका दार्चुलाको सैल्यशिखर नगरपालिका मेयर धामी नेतृत्वको पालिकामा भएको एक घटनाबाट प्रस्ष्ट देखिएको छ ।
एमाले दार्चुलाका नेता एव नगर प्रमुख विजयसिंह धामीका छोरा र कृषि शाखा प्रमुखले फर्जी कागजात खडा गरेका छन । शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हत्याउन मेयरका छोरा र कृषि शाखा प्रमुखले बनाए फर्जी कागजात बताएको रहस्य बाहिरिएको छ ।
शैल्यशिखर नगरपालिकामा ‘ओखर पकेट क्षेत्र कार्यक्रम’को रकम हिनामिनाको लागि नगरपालिकाका कर्मचारीहरूले जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागजात बनाएको पाइएको छ।नगरपालिकाका कृषि शाखा प्रमुख दिपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनसिंह धामी ९नगर प्रमुख विजयसिंह धामीका छोरा समेत० को मिलोमतोमा वडा नं। ६ स्थित मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीको मृत्यु भइसकेको भनेर झूटा कागजात तयार पारिएको हो।
कृषि शाखा प्रमुख विष्टले ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखालाई पत्र लेख्दै समूहको खातामा अब जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराका हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए।यसरी खातालाई सक्रिय पारेर रकम निकाल्ने तयारी गरिएको थियो। ओखर पकेट कार्यक्रमको रकम हत्याउन कृषि शाखा प्रमुख र अध्यक्षले आफूहरुलाई मृत्यु भैसकेको फर्जी कागजपत्र बनाएको कोषाध्यक्ष जानकीले बताइन्।‘नगरपालिकाभित्रका ६ कृषक समुहमा ओखर पकेट कार्यक्रम आएको रहेछ, त्यो कार्यक्रम हाम्रो समुहमा पनि आएको रहेछ,’ उनले भनिन्, ‘त्यसबारे अध्यक्षले हामीलाई कुनै जानकारी दिएनन्, त्यहीँ रकम खानका लागि हाम्रो मृत्यु भैसकेको कागज बनाएछन्।’
अध्यक्ष धामीले ओखरका बिरुवा पनि आफ्नै खेतमा रोपेको उनले बताइन्। लामो समयदेखि निष्क्रीय रहेको समुहको बैंक खाता सक्रिय बनाउन अध्यक्षले आफूहरुलाई मृत्यु भैसकेको कागज बैंकमा पेश गरेको पाइएको सचिव मञ्जुले बताइन । ‘हाम्रो समूहको खाता नविकरण थिएन्, लामो समयदेखि हाम्रो बैठक पनि बसेको छैन्,’ उनले भनिन्, ‘समुहमा आएको ओखर पकेट कार्यक्रमको रकम खानका लागि हामीलाई मुत्यु भैसकेको कागज बनाएका रहेछन्।’
कृषि शाखा प्रमुख विष्ट र अध्यक्ष धामीले बदमासी गरेको उनको भनाई छ। ‘पत्र कृषि शाखा प्रमुखले लेखेका छन्, कसरी लेखे छन रु,’ उनले भनिन्, ‘बैंकका केही कर्मचारी मलाई चिन्थे, त्यसैले यो बदामासी थाहा पायौं, नभए त ओखर पकेट कार्यक्रमको रकम खाई सक्ने रहेछन्।’कृषक समुहका अध्यक्षले पेश गरेको निवेदन र माइन्युटका आधारमा बैंकलाई मृत्यु भैसकेको पत्राचार गरेको कृषि शाखा प्रमुख दिपकराज विष्टले बताए। ‘विगतदेखि निवेदन र माइन्युटकै आधारमा गरिरहेका थियौं, समुहको अध्यक्षको जालसाजी रहेछन्,’ उनले भने, ‘हामीले मृत्यु दर्ता प्रमाणपत्रको कागजपत्र खोज्नु पथ्र्यो, त्यो गरेनौं, हाम्रो गल्ती भयो।’
समुहमा आवद्धहरुले खाता नविकरणका लागि सहयोग नगरेकाले मृत्यु भैसकेको कागज बनाएको अध्यक्ष तथा नगरपालिकाका भेटेरिनरी प्राविधिक जनसिंह धामीले बताए।
‘खाता नविकरणका लागि उनीहरुलाई आग्रह गरेको हुँ, उनीहरुले नमानेपछि रिसले आफैले पत्र बनाएर कृषि शाखा प्रमुखलाई हस्ताक्षर गर्न लगाएको हुँ,’ उनले भने, ‘१ ओखरका बिरुवा रोप्नका लागि धेरै जमिन चाहिने भएकोले आफ्नै खेतमा रोपेको हुँ, मैले गल्ती गरे जुनसुकै सजय भोग्न तयार छु।’
दुबै पक्षलाई बोलार छलफलपछि आवश्यक कारबाही अगाडि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले बताए। ‘हामी दुबै पक्षलाई बालोउँछौं, उनले भने, ‘कर्मचारीले गल्ती गरेका छन् भने कारबाही हुन्छ ।’ समिति र कर्मचारीको मिलोमतोमा मात्रै यस्तो भ्रष्टाचारजन्य गतिबिधी हुने भन्दै छानबिनको माग अघि सारेर कार्बाहीको माग अघि सारिएको छ । पछिल्ला दिनहरुमा शैल्यशिखर नगरपालिका भ्रष्टाचारजन्य काण्डबाट मुक्त हुन सकेको छैन ।

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?