पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकोे सिद्धनाथ मन्दिर विकास समितिले पहिलो पटक मन्दिरमा महाआरती कार्यक्रम संचालन गर्न लागेको हो । आउँदो १ साउनदेखि अभिषेकात्मक लघु रुद्री एव श्रृङगारिक महाआरती संचालन हुन लागेकोे आयोजकले जनाएको छ । सिद्धनाथ मन्दिर विकास समितिले महाआरतीकोे तयारी भईरहेको जनाएको छ ।
सिद्धनाथ मन्दिर विकास समितिका कावा महासचिव सिके भट्टले ईतिहासमै पहिलो पटक मन्दिरमा धार्मिक महायज्ञ संचालन हुन लागेको बताए । कावा महासचिव भट्टले धर्म संस्कृति कला सरक्षणका साथै धार्मिक पर्यटन प्रर्बद्धनको कार्यक्रम गर्न लागेको बताए । ‘हामीले हनुमान र नन्दी’को मूर्ति ल्याएका छन, त्यो मूर्तिपनि हाम्रै सुदूरपश्चिम प्रदेश डडेल्धुराका मूर्तिकारले बनाएका हुन, ‘उनले भने, ‘कार्यक्रम ऐतिहासिक भव्य हुनेछ, यसमा सरोकारवालाको सहयोग आव्रश्यक छ ।’ महायज्ञ संचालनका लागि मुल समिति सहितका उप समिति समेत गठन गरिएका छन । शान्ति देवी ऐर संयोजकत्वमा अतिथि सत्कार एव स्वागत उपसमिति, भुवन कुँवर संयोजकत्वमा टेण्ट साउण्ड व्यवस्थापन उपसमिति, चन्द्कान्त भट्ट संयोजकत्वमा प्रचारप्रसार धार्मिक, साँस्कृतिक उपसमिति, सुरेश प्रकास चटौत संयोजकत्वमा पुजा व्यवस्थापन एव यज्ञ व्यवस्थापन उपसमिति, तेज बहादुर भण्डारी संयोजकत्वमा अभिनन्दन एव सम्मान कार्यक्रम उपसमिति, नारु जोशी संयोजकत्वमा कलशयात्रा व्यवस्थापन उपसमिति, लोकराज भण्डारीको संयोजकत्वमा ब्राम्हमण एव नित्यकणर्म व्यवस्थापन समिति र होम बहादुर कुँवर सयोजकत्वमा श्रद्धालु भक्तजन एव जनसम्पर्क उपसमिति गठन गरिएको छ । मन्दिरका मुख्य पुजारी पुष्करराज उप्रेती क्षेत्रकै ऐतिहासिक, धार्मिक महत्वपूर्ण भएको बताए । उनले मन्दिर स्थापना कालदेखि हालसम्मकै पहिलो विराट कार्यक्रम हुन लागेकोे बताए । सिद्धनाथ मन्दिर विकास समितिका उपाध्यक्ष एव महायज्ञ मुल समितिका सयोजक अरुणा जोशीले ऐतिहासिक धार्मिक कार्यको बृद्धि विकासका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा आग्रह गरेकी छिन । शास्त्री उमाकान्त अवस्थीले कार्यक्रम ऐतिहासिक भएको बताउँदै कलसयात्रा, बेदयज्ञ, बिद्धान पण्डितहरुबाट प्रबचन सहितका कार्यक्रम सचालन गरिने बताए । सिद्धनाथ मन्दिर विकास समितिका संस्थापक अध्यक्ष होम बहादुर कुँवरले धर्म, संस्कृति कला सरक्षणका लागि कार्यक्रम सरानिय भएको बताए । संस्थापक अध्यक्ष कुँवरले हिन्दुधर्म सरंस्कृति सरक्षणका लागि कार्यक्रम प्रभावकारी हुने बताए । सिद्धनाथ मन्दिर विकास समितिका कावा अध्यक्ष कैलाश भट्टले मन्दिरको ऐतिहासिक कार्यक्रमबाट मन्दिरकोे बृद्धि विकासदेखिका धार्मिक पर्यटकीय केन्द्र निर्माण हुने विश्वास व्यक्त गरेका छन ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?