लक्ष्मी मावि बागँफाटाद्धारा वडाको सहकार्यमा जनचेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न

महेन्द्रनगर १३ असार ।
कञ्चनपुरको एक स्थानिय वडा र विद्यालयको सहकार्यमा लागुपदार्थ दुव्र्यसनी रोकथाम सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भीमदत्त–१९ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयले सोही वडाको आर्थिक सहयोगमा सडक नाटक सम्पन्न गरेको हो ।
लागुऔषध दुव्र्यसनी तथा ओसारपसार विरुद्ध अन्तराष्ट्रिय अभियान चलिरहेको सोही क्रममा समाजमा बड्दै गरेको नकारात्मक पक्षलाई निरुत्साही गर्नको लागि जनचेतनामुलक सडक नाटक कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक परमानन्द नाथले बताएका हुन । विद्यालयमा विद्यार्थीहरुको पढाई स्थरउन्नती, बौद्धिक क्षमताको विकास सगै कुलत संगतबाट टाढा राख्न र समाजमा जनचेतनामुलक सन्देश फैलाउन, असल समाजको परिकल्पना साकार गर्न आफ्नो विद्यालयको टिम सदैव अग्रसर रहनुका साथै विद्यालयलाई समाज संग जोड्ने क्रममा विद्यार्थीहरुलाई पठनपाठनमा मात्र सिमित नराखी उनीहरुको सर्वाङ्गिक विकासमा संस्कार युक्त शिक्षामा विद्यालय टिमले जोड्दिई रहेको प्रधानाध्यापक नाथले बताएका छन ।
यसै क्रममा भीमदत्त–१९ वडा सदस्य भागरथी बिष्टले बालबालीकाहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गरेको समस्या बढ्दै गईरहेको समयमा यसलाई निरुत्साही गर्न यस्तै कार्यक्रम टोलटोल तथा सार्वजनिक स्थलहरुमा कार्यक्रम चलाउदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै वडालाई लागुऔषध दुव्र्यसनी उन्मुलनमा जोड् दिने बताएकी छन ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?