बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको नि:शुल्क स्वास्थ्य शिविर, १ हजार ३८३ जना लाभान्वित

धनगढी १० असार ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् । स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो । पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् । पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । पञ्चेश्वरवासीले स्वास्थ्य सेवाका लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जानुपर्ने बाध्यता रहेकोमा घरआँगनमै सेवा लिन सकून् भनेर शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा मुटु, छाती, सुगर, प्रेसर, कलेजो, थाइराइड रोग, हाडजोर्नी तथा नशारोग, कम्मर, घुडा, हातखुट्टा सुन्निने, दुख्ने, झम्झमाउने सम्बन्धी उपचार, महिला, स्त्री तथा प्रसूति रोग, महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्या लगायतमा स्वास्थ परामर्शका साथै नि:शुल्क औषधि वितरण गरिएको थियो । शिविरमा स्वस्तिक अस्पतालका विशेषज्ञ चिकित्सक वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. सुनिल पाण्डे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. इन्द्रबहादुर शाह, स्त्री, महिला तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव तथा मेडिकल अधिकृत डा. मनोजकुमार भट्ट र डा. सुरेन्द्र लिम्बुले स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए । शिविर समापनमा गाउँपालिका अध्यक्ष चन्दले विकासको दृष्टिकोणले पञ्चेश्वरमा विशेष चिकित्सकसहितको स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्य जाँच गर्ने उपकरण सहितको सेवा दिनुपर्ने बताए । शिविरमा सेवा लिएका बिरामीले त्यहाँको पर्चा लिएर आएमा १ महिनासम्म ओपीडी (विशेषज्ञ डाक्टर परामर्श) शुल्क नलाग्ने र अन्य उपचारमा छुट सुविधा रहेको अस्पतालका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

ताजा खबर

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

बालविवाह अन्त्यका लागि सरोकारवालासंग छलफल 

धन सिह धामी कञ्चनपुर पुष ८  कञ्चनपुरमा बढ्दै गएको बालविवाह रोक्नका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?