
कञ्चनपुर ०८ असार ।
विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पप्पु गुरुङ दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा सम्मानित भएका छन्।

गुरुङलाई दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले दोसल्ला, टीका र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो। टिभी टुडे र सुदूर दर्पण दैनिक लगायत अन्य मिडियामा आबद्ध हुदै गुरुङले आफ्नो दुई दशक लामो व्यावसायिक यात्रा दोधाराचाँदनी क्षेत्रमै केन्द्रित गर्दै आईरहेका छन । यस अवधिमा उहाँले विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र विकासका मुद्दाहरूलाई सञ्चार माध्यमबाट प्रकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

पत्रकार गुरुङले मिडियाको माध्यमबाट उक्त क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरीएको मेयर लिम्बुले जानकारी दिएका छन ।
सम्मान ग्रहण गरेपछि पत्रकार गुरुङले आफूलाई प्रर्दान गरेको सम्मानले थप आगामी दिनमा समाज प्रति थप जिम्मेवार बनाएको बताएका छन । नगर अधिवेशनमा पत्रकार गुरुङ्गले सम्मान पत्र बुझदै उनले “ यो सम्मान मेरो एक्लो नभई, सिङ्गो क्रियासील पत्रकार साथीहरुको लागि पनि सम्मान हो’’ भन्दै नगरले सम्मान गरेकोमा नगर प्रमुख लिम्बु लगायत सम्पूर्ण नगरलाई धन्यवाद दिएका थिए ।



