दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा पत्रकार गुरुङ्ग सम्मानित

कञ्चनपुर ०८ असार ।
विगत दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पत्रकार पप्पु गुरुङ दोधाराचाँदनी नगरपालिकाको १४ औं नगर अधिवेशनमा सम्मानित भएका छन्।

गुरुङलाई दोधाराचाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले दोसल्ला, टीका र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको हो। टिभी टुडे र सुदूर दर्पण दैनिक लगायत अन्य मिडियामा आबद्ध हुदै गुरुङले आफ्नो दुई दशक लामो व्यावसायिक यात्रा दोधाराचाँदनी क्षेत्रमै केन्द्रित गर्दै आईरहेका छन । यस अवधिमा उहाँले विभिन्न सामाजिक, आर्थिक, राजनीतिक र विकासका मुद्दाहरूलाई सञ्चार माध्यमबाट प्रकाशमा ल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

पत्रकार गुरुङले मिडियाको माध्यमबाट उक्त क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै सम्मान गरीएको मेयर लिम्बुले जानकारी दिएका छन ।
सम्मान ग्रहण गरेपछि पत्रकार गुरुङले आफूलाई प्रर्दान गरेको सम्मानले थप आगामी दिनमा समाज प्रति थप जिम्मेवार बनाएको बताएका छन । नगर अधिवेशनमा पत्रकार गुरुङ्गले सम्मान पत्र बुझदै उनले “ यो सम्मान मेरो एक्लो नभई, सिङ्गो क्रियासील पत्रकार साथीहरुको लागि पनि सम्मान हो’’ भन्दै नगरले सम्मान गरेकोमा नगर प्रमुख लिम्बु लगायत सम्पूर्ण नगरलाई धन्यवाद दिएका थिए ।

ताजा खबर

भारतमा हुने सांस्कृतिक महोत्सवमा करन सिंह पाल प्रमुख अतिथिका रूपमा सहभागी हुने

कञ्चनपुर। सामाजिक अभियन्ता तथा घुसुडी महोत्सवका संयोजक करन सिंह...

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?