कञ्चनपुरका तिन जना लाई भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान

कञ्चनपुर, ६ असार 

कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सममान गरिएको छ ।

कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान गरिएको हो । शुक्रवार कृषि ज्ञान केन्द्र कञ्चनपुरले सुदुरपश्चिम प्रदेश सरकारले तोकेको मापदण्ड अनुसार छनौटमा परेका तिन जना किसानलाई प्रति व्यक्ती नगद रु पच्चिस हजार नगद तथा प्रमाणपत्र सहित भीमदत्त उत्कृष्ठ किसान पुरुस्कार द्धारा सम्मान गरेको हो । उक्त पुरस्कार जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुर्गा दत्त वोहराले किसानहरुलाई हस्तान्तरण गनूृ भएको थियो । पुरुस्कार ग्रहण पश्चात आफ्नो भनाई राख्दै कृष्णपुर नगरपालिका वडा नम्वर ५ का केरा व्यवशायी किसान अर्जुन जेठाराले आफुले २०६४ सालदेखि शुन्य लगानी बाट शुरु गरेको कृषि पेशाले आफ्नो जिवन शैलीनै फेरिएको वताउनु भएको छ । आफुले गरेको कृषि पेशा प्रति गर्व गर्दै अघि बढेको वताउदै उहाले आज सम्मानीत भए पछी राज्यले समेत आफ्नो हौसला बढाएको अनुभुति भएको वताउनु भएको छ ।

ययसै गरि उत्कृष्ठ किसानहरुलाई पुरुस्कार प्रदान गर्दै जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराले विवाद रहित रुपमा उत्कृष्ठ किसान छनौैट गर्न सफल हुनु राम्रो पक्ष रहेको भन्दै कृषि पेशा सबै पेशा मध्येको श्रेष्ठ पेशा रहेको वताउनु भयो । साथै उहाले किसानहरुले मानव समुदायको रक्षाका लागी गरेको योगदानको उच्च मुल्यांकन गरिनु पर्नेमा सेमत जोदिनु भयो ।
सम्मानी हुने किसानहरुमा केरा खेति गर्दै आएका कृष्णपुर ५ का अर्जुन जेठारा, केरा तथा खाद्यान्न तर्फका पुनर्वाश ६ का विमल भण्डारी र पशुपालन तर्फ भीमदत्त १८ का सरस्वती पाण्डेय रहनु भएको छ ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?