वाढीले भत्काएको झर्नाखोलाको पुल बनाउन प्रदेश र केन्द्र सरकारको उपेक्षा 

 

केशव थापा ,कञ्चनपुर, ४ असार 

संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२÷०८३ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका छन । नजिकको सुदूरपश्चिम प्रदेश सरकारले १ असार र संघीय सरकारले गत १५ जेठमा आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याए । तर, प्रदेश र संघीय सरकारले ल्याएका बजेट उपेक्षित, ग्रामिण दुरदराजका योजना भन्दा आफन्त निकटलाई पोस्ने बजेट ल्याए । संघ र प्रदेश सरकारले ल्याएको बजेटमा अहिले प्रदेश र संघीय सासदका निकट व्यक्तिले अलानो र फलानोको पहलमा बजेट ल्याएको भन्दै फुई लगाई जस लिने होडबाजी चलिरहेको छ ।

गत बर्ष २३ असार ०८१ झर्नाखोलामा आएकोे वाढीले बेलडाँडी गाँउपालिका १ पुल भत्काएको पुल अलपत्र परेको एक बर्ष भएको छ । तर, विपदमा परेको झर्नाखोलाकोे पुल पुर्ननिर्माणका लागि तीन सरकार भएपनि चालु आर्थिक बर्षमा पुर्ननिर्माण मात्रै नभई मर्मत समेत गरेन ।

झर्नाखोलाको वाढीले भत्काएको पुल प्राथमिकता होईन, प्रदेश र केन्द्र सरकार नजर पनि पुगेन । अघिल्लो आर्थिक बर्ष ०८०÷०८१मा भत्किएको पुल बनाउन चालु आर्थिक बर्ष ०८१÷०८२मा पुर्ननिर्माण भएन, आगामी आर्थिक बर्ष ०८२÷०८३ मा पनि बजेट नपरेपछि स्थानीय एव विद्यार्थी चिन्तित भएका छन । झण्डै ५सय भन्दा बढि सरस्वती माध्यामिक विद्यालयका विद्यार्थी र अन्य आसपासका विद्यालय गरेर ८ बढी विद्यार्थी सहित स्थानीयले प्रयोग गर्दै आएको पुलमा सरकारी निकायको नजर समेत नपरेपछि देशका सरकार छकी छैन भनेर जनता निरास भएका छन । कञ्चनपुरबाट गृहमन्त्री रमेश लेखक, सुप प्रदेशका तीन तीन मन्त्री आर्थिक मामिलामन्त्री बहादुर सिह थापा, भूमि व्यवस्था तथा कृषि, सहकारीमन्त्री बीर बहादुर थापा(पातल), आर्थिक मामिलामन्त्री हिरासिह सार्की सहितका केन्द्रमा ३ र प्रदेशमा ११ प्रदेश सभा सदस्य भएपनि विपद्मा भत्किएको यो झर्नाखोला पुल निर्माणमा गम्भिर नभएको देखियो । काँग्रेस, एमाले नेतृत्वको प्रदेश र संघीय सरकारले विद्यार्थी, स्थानीयको सम्भवेदनशिलता आवश्यकता भन्दा पनि आफन्तमुखी,वितरणमुखी, कमिसनमुखी कमाउधन्दा, जसलिने शैलीका योजना छनौट गरेको भन्दै जनता निरास भएका छन ।

सरस्वती माध्यामिक विद्यालयका प्रद्यानाध्यापक विष्णुसिह भण्डारीले दुई सरकारले आवश्यकता भन्दा पनि पहुँच र हचुवाको भरमा बजेट ल्याएको बताए । ‘यही पुल प्रयोग गरेर हाम्रै विद्यालयका सयौँ विद्यार्थी विद्यालय आउँछन, भत्किएर हिड्नै नसकिने भएको छ, तर सरकारले दुई आर्थिक बर्षसम्मपनि पुल पुर्ननिर्माण गर्न नसक्नुले शिक्षा र जनताको आवश्यकतालाई वेवास्ता गरेको पाए ।’ बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले प्रदेश सरकारले हुलाकी राजमार्गदेखि उत्तर क्रमागत रिङ्गरोडसंगै पुलका लागि बजेट माग गरेपनि नदिएको बताए । ‘हामीले पुलका लागि पूर्वाधार विकास कार्यालयमा सिफारिस गरेका थियौँ, त्यहाँ हाकिम सापले हुन्छ भन्यो, बजेट हेर्दा देखिएन, हामी ठगिएका छौँ ।’ उनले यस अघि पटक पटक वडा भवनका लागि बजेट माग गर्दा समेत प्रदेश र संघले ठगेको दुखेसो पोखे । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले झर्नाखोलामा वाढीले भत्काएको पुल पुर्ननिर्माणका लागि मन्त्रालयसंग बजेट मागे पनि नदिएको बताए । ‘हामीलाई पालिकाबाट आएको माग अनुरुप प्रदेश सरकारलाई पुलका लागि बजेट मागे तर दिएन, ‘उनले भने, ‘क्रमागतमा पनि बजेट न्यून दिएको छ ।’

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले संघ र प्रदेश सरकारसग प्रर्याप्त बजेट हुने भएपनि मागे अनुरुप नदिएको बताए । ‘पालिकाले विद्यार्थी र स्थानीयको आवतजावतलाई मध्य नजर गरेर अघि बढ्छ, ‘उनले भने, ‘अझैपनि माथिल्ला सरकारको बजेट पास भएको छैन, यस्ता अति आवश्यकीय र प्राथमिकताका आधारमा सोच्नुपर्छ ।’

निर्वाचन क्षेत्र १(ख)बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले वाढीले झर्नाखोलामा पुल निर्माणका लागि बजेट मागेको तर नदिएको बताए । ‘मैले झर्नाखोलामा पुल र तटबन्धका लागि बजेट मागे दिएन, ‘उनले भने, ‘फेरीपनि प्रदेश सरकारसंग पहल गर्छु ।’ निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्य एव सत्ताधारी दलका नेता तारालामा तामाङ्गले पनि आफुले झर्नाखोलामा भत्किएको पुल निर्माणका लागि सम्बन्धीत मन्त्रालयमा माग गरेपनि नदिएको बताए । ‘वाढीले भत्काएको झर्नाखोला पुल सहित अन्यतिरका योजना माग गरे अरुतिर आए झर्नाखोला आएन, ‘उनले भने, ‘फेरीपनि पहल गर्छु ।’ जिल्लाबाट प्रदेश र संघीय सरकारमा सांसद, मन्त्री भएको जिल्ला बेलडाँडीमा वाढीले भत्काएको पुल निर्माणका लागि चासो समेत नदिएपछि नागरिक सरकारप्रति असन्तुष्ट भएका छन ।

 

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?