शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार ।
नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको छ । शिक्षक महासंघ बेदकोट नगर समितिले बेदकोट नगरपालिका स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव गणेश बहादुर धानुकले सोमबार नगर प्रमुख भोजराज बोहरालाई ज्ञापन पत्र बुझाएको बताए । सचिव धानुकका अनुसार तीन बुँदे माग अघि सारेर ज्ञापन पत्र बुझाईएको छ । शिक्षक महासंघले नगर शिक्षक सिकाई अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको समय सापेक्ष पारिश्रमिक दिनुपर्ने, शिक्षक, तथा कर्मचारीको पेशागत असिभबृद्धिका लागि सुचना तथा प्रविधि लगायतका पेशागत तालिमको प्रबन्ध गर्नुपर्ने र

शिक्षक महासघले बर्षभरीमा गर्ने विभिन्न शैक्षिक क्रियाकलाप गर्न आवश्यक बजेटको माग अघि सारिएको छ ।
शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष रण बहादुर दौल्याल, सहअध्यक्ष शिवदत्त विष्ट र सचिव गणेश बहादुर धानुकले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न र विद्यार्थीलाई प्रविधिमैत्री गुणस्तरीय शिक्षा र शिक्षक तथा कर्मचारीको पेशागत विकासका लागि स्थानीय सरकारले गम्भिर चासो दिनुपर्नेमा जोडदिएका छन । ज्ञापन पत्र बुझ्दै शिक्षक महासंघले अघि सारेका सामुदायिक विद्यालय बृद्धि विकासका मागमा नगरपालिका अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?