तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर

कञ्चनपुर, ३० जेठ

कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी योजना निर्माण गरिदिएका छन । भीमदत्त नगरपालिका ८ तिलाचौरका युवा दिपक देउवाले गाँउमै रहेको सिद्धनाथ मन्दिरमा खानेपानीकोे योजना बनाएका हुन ।

देउवा हाल भारतको बङलोरमा व्यवसाय गर्दै आएका छन । आफु परदेशमा बस्दै आएपनि उनले मातृभूमिका लागि केही समाजिक काम गर्दै आएका हुन ।

सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष गोरख बहादुर पुजाराले समाजसेवी देउवाको निजी लगानीमा निर्माण भएको खानेपानी संचालनमा आएको बताए । उनका अनुसार १० हजार लिटर खानेपानीको ट्याङकी निर्माण गरिएको छ । संगै डिपटुबेल मार्फत खानेपानी वितरण गरिएको छ ।

३ लाख, २५ हजार, ५सय ३रुपैँया लगानीमा देउवाले खानेपानीको योजना बनाईदिएका हुन । अध्यक्ष पुजाराले सिद्धनाथ मन्दिरमा खानेपानीको अभाव हुँदा समाजसेवी देउवासंग आग्रह गरे अनुरुप जडान गरिदिएको बताए । झण्डै डेढ विगाह क्षेत्रफलमा रहेको मन्दिरमा माता, जोगी, पुजारी बस्दै आएका छन । ‘मन्दिरमा बस्ने र यात्रुका लागि छुट्टाछुट्टै धारा जडान गरिएका छन, ‘उनले भने, ‘अब मन्दिरभित्र र छरछिमेकलाई सहज हुनेछ ।’

समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर)ले समाजसेवी देउवाले समाजको हितका लागि गर्दै आएको काम सरानिय रहेको बताए । बोक्सरले सरकारको मुख तोक्नु भन्दा दिपक देउवा जस्ता समाजसेवीको राज्यले सम्मान गर्नुपर्नेमा जोडदिए ।

गाँउमा रहेको मन्दिरमा खानेपानीको ट्याङकी निर्माण गरिदिएपछि मन्दिरका पुजारादेखि स्थानीयले सुविधा भएको बताएका छन । मन्दिरका पुजारा रघुनाथ जोशीले खानेपानी जडानसंगै मन्दिरमा सहज भएको बताए । तिलाचौरका स्थानीय युवा बलराम एसकेले मन्दिरमा खानेपानी जडान अघि पनि समाजसेवी देउवाले विपन्नको घर निर्माण, न्याना लुगा वितरणदेखिका समाजिक काम गर्दैै आएको बताए । शुक्रबार उक्त योजनाको एक कार्यक्रमका विच उद्घाटन गर्दै समाजसेवी दिपक देउवाले आफ्नो जन्मभूमिप्रतिको कर्तव्य भएको बताएका छन । भीमदत्त नगरपालिका ८का वडाध्यक्ष मदन मिश्रले समाजसेवी दिपक देउवाले समाजको हितका गर्दै आएको कामकाज सरानिय भएको बताए । देउवाले समाजिक क्षेत्रमा अतुलनिय काम गरेको भन्दै मन्दिर समितिले अभिनन्दन गरेको छ ।देउवालाई दोसल्ला ओढाएर सम्मान गर्दै आगामी दिनमा समेत समाजिक कार्य गर्न अपेक्षा राखेका छन । शिक्षक अगुवा भगिरथ पाण्डेयले संचालन गरेको नवनिर्मित खानेपानी ट्याङकी उद्घाटन कार्यक्रममा स्थानीयले समाजसेवी देउवाकोे प्रसंसा गरेका छन ।

 

 

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?