नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम स्तरीय भेला बेलौरीमा हुने

कञ्चनपुर,  २० जेठ

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम प्रदेश स्तरीय भेला कञ्चनपुरको बेलौरीमा आयोजना गरिने भएको छ। “भावसम्प्रेषण तथा दोस्रो भेला कार्यक्रम” शीर्षकमा उक्त कार्यक्रम बेलौरी नगरपालिका–६ मा अवस्थित पून होटल एण्ड पार्टी प्यालेसमा  जेठ २० मंगलबार दिउँसो १२ बजे सुरु हुनेछ। कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख अतिथि रहनेछन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कञ्चनपुरका जिल्ला इञ्चार्ज दिपेश शाहीका अनुसार सो भेलामा सुदूरपश्चिम प्रदेशभरिका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारण जनसमुदायलाई सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरिएको छ।

शाहीले यस भेलालाई संगठन सुदृढीकरण र भावनात्मक एकताको सन्देश दिने अवसरको रूपमा लिने तयारी गरिएको बताए। कार्यक्रमको व्यवस्थापन तथा आवश्यक तयारी अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?