बागफाँटाकोे लक्ष्मी मा.वि. गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा

उपेश सिंह धामी
महेन्द्रनगर ०९ जेठ ।
कञ्चनपुरको एक सरकारी विद्यालय नमुना विद्यालयको सूचिमा छनोट भएपछि गुरुयोजना निर्माणका लागि सरोकारवालाहरुसंग छलफलमा जुटेको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट नमुना विद्यालयमा छनौट भएको भीमदत्त नगरपालिका १९ बागफाँटाकोे लक्ष्मी माध्यामिक विद्यालयले गुरुयोजना निर्माणका लागि सरोकारवालासंग सुझाव संकलनमा जुटेकोे होे ।

शुक्रबार स्थानीय जनप्रतिनिधी विद्यार्थी, अभिभावक, सहितका सरोकारवाला निकायका प्रतिनिधीसंग गुरुयोजना निर्माणका लागि कार्यशाला नै गरेर छलफल गरेको विद्यालयले जनाएको छ ।लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले सरकारले नमुना विद्यालय छनौट गरेसंगै आगामी आर्थिक बर्षका लागि १५जेठभित्रै कार्ययोजना पेश गर्न समयदिएकाले सरोकारवालासंग छलफल गरेको बताए ।
‘हामीले नमुना विद्यालय संचालन हुने भएपछि विज्ञ सहितका सरोकारवालालाई राखेर सुझाव संकलन गरेका छौँ, ‘उनले भने, ‘सरोकारवालाबाट आएको सुझाव अनुरुप कार्ययोजना पेश गछौँ ।,’

प्रदेश सरकारले दिएको कार्यबिधी अनुरुप साच्चिकै नमुना विद्यालय बनाईने प्रअ नाथको संकल्प छ । प्रअ नाथका अनुसार ईन्जिनियर रविन्द्र दवाडीसुप विश्वविद्यालय ईन्जिनियरियर संकायमा कार्यरत प्राध्यापक जयराजन पन्थीबाट प्राविधिक सहयोग मिलेको बताए । शुक्रबार सरोकारवालासंग गरिएको छलफलमा साच्चिकै नमुना विद्यालय बनाउन सुझाव दिएका छन । ईन्जिनियर रविन्द दवाडीले नमुना विद्यालय गेटदेखि कक्षाकोठासम्म सबै विषयमा नमुना हुनुपर्नेमा जोडदिएका छन । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य बसन्ती जोशीले व्यक्तिगत स्वार्थ त्यागेर सबैले नमुना विद्यालयमा बनाउन केन्द्रीतमा सुझाव दिईन । भीमदत्त नगरपालिका १९का वडा सदस्य भागरथी विष्टले सामुदायिक विद्यालय नमुना बनाउन जनप्रतिनिधीका तर्फबाट सहयोगको बाचा दिईन । अभिभावक डिलाराज पन्तले नमुना विद्यालयको स्तरोन्नतीमा विद्यालय, सरकार र समुदायको भूमिका रहने बताए ।

लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेपछि विद्यालयलाई साच्चिकै नमुना बनाउनका लागि विद्यार्थीमैत्री नमुना विद्यालय बनाउन सरोकारवालाले समेत साथसर्मथन गर्नुपर्ने बताए । प्रदेश सरकारले लक्ष्मी माध्यमिक विद्यालय सहित कञ्चनपुरका ६ विद्यालय नमुना छनोटमा परेका छन ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?