कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको संयुक्त कृषि तथ्याङ्क बारे सरोकारवालासंग छलफल

उपेश सिह धामी
महेन्द्रनगर, ०८ जेठ ।
कञ्चनपुरका कृषिसग सरोकार राख्ने सरोकारवाला निकायले यथेष्ट कृषि तथ्याङ्कमा जोडदिएका छन ।
कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा कृषिका योजना संचालनमा चुनौती थपिएको भन्दै जिल्लाका कृषिसग सरोकार राख्ने सरोकारवाला निकायले यथेष्ट कृषि तथ्याङ्कमा जोडदिएका छन ।
बिहीबार कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरको संयुक्त आयोजनामा ‘कृषि तथ्याङ्क अद्यावधिक का लागि कृषि सर्वेक्षक सम्बन्धी सरोकारवालासग अन्तरकृया कार्यक्रममा कृषि तथ्याङ्कमा एकरुपता ल्याउने बताएका छन । कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख गोबिन्द सिजापतीले कृषिको एकिन तथ्याङ्क भए आगामी बर्षमा कृषिका कार्यक्रम संचालनमा सहजताका लागि कार्यक्रम गरिएको बताए ।
भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द कञ्चनपुरका प्रमुख श्याम सिह खडकाले कार्यपत्र प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा मासुु निर्यात, खोप, बजारीकरण, दुध ढुवानीका लागि सवारी साधन, एक पालिका एक कार्यक्रम संचालन गरिने बताए ।
तथ्यांक एकिन गर्न कार्यलाई तीव्रता दिनु पर्ने बताए। तथ्यांक नै नभए कसरी कार्य गर्ने भन्ने कुरा समेत अन्योल रहेको छ। शुक्लाफाँ नगरपालिका मेयर रण बहादुर महरा भन्नू भयो।बेदकोट नगरपालिका मेयर भोजराज बोहरा कृषिको तथ्यांक अध्यावधिकका लागि गरि काम काम गरेर ज्ञान बाढ्न समेत आग्रह गरेको छ। जसमा प्रभावकारी बनाउनको लागि पिएडिएस डिसिसी बारेमा जिल्लामा पालिका संग समन्वयात्मक बैठक भएको छ? भन्ने समेत प्रश्न गर्नु भयो। उनले भने यस्ता कार्यक्रमहरु बहिष्कार गर्छौं ।
सकिन्छ भने पालिका लागि पछाडि पारेर कम गर्दा प्रभावकारी हुदैन मेयर बोहराले बताउनु भयो। अनुदानको नाममा कृषि मन्त्रालय भ्रष्टाचार हो। मेयर बोहराले कार्यक्रममा बताए ।
समिक्षा फेरि राख्नु बताए। उनले यो प्रभावकारी रूपमा अगाडि बढ्न आवश्यक रहेको छ। अनुदान आओस् न आओस् बेदकोट नगरपालिकाले आफ्नो कृषिका क्षेत्रमा बिकास गर्छौ।
कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले वडामा होइन पालिका स्तरमा जाद अझै प्रभावकारी हुने मेयर ओझाले भने, अनुदानका नाममा वास्तविक कृषकले पाउनु पर्ने कुरामा विशेष सम्बन्धित निकायले ध्यान पुगाउनु पर्ने बताए। सामन्ती बाट बाच्ने र भाष्य मुखी नहोस् उनले भने।
जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्र् बोहराले कृषि उत्पादनको सिचाइको प्रयोगमामा रहेका नहर लगायत कुलाहरु अतिक्रमण भैसकेको छन् । यसमा कसैको चासो छैन । आखिर किन? बाजरी क्षेत्रमामा पनि बादरको बिगबिगी रहेको छ यसलाई नियन्त्रण कसरी गर्ने? भन्ने बारेमा सोच्नु परेको छ, कृषि उत्पादन जोगाउन र्गाहो रहेको बताए । जनताको क्षेत्रमा काम गर्न नसक्दा जनताले यो भन्दा त ’राजा नै ठिक’ भन्ने अवस्थामा पुगेको जिल्ला समन्वय समिति प्रमुख बोहराले भन्नू भयो ।
कार्यक्रमको अध्यक्षता कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर का प्रमुख यज्ञराज जोशीले तथ्यांक लाई आधिकारिक बनाउनु पर्ने देखिएको छ, उत्पादकत्व घाटेको छ यसलाई बढाउनु पर्ने देखिन्छ। जसले जमिन खण्डिकरणले गर्दा कृषि उपभोग जमिन घट्दै गएको छ। युवालाई कृषि अनुदानमा बढ्ने खालको सरकारले बजेट आवश्यक रहेको छ ।
कार्यक्रमको अध्यक्षता कृषि व्यवसाय प्रबर्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशी, प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्र् बोहरा विशिष्ट अतिथिमा बेदकोट नगरपालिका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिका मेयर रण बहादुर महरा, कृष्णपुर नगरपालिका हेमराज ओझा रहनु भएको
थियो। भने अतिथिमा शुक्लाफाँटा नगरपालिका उम–मेयर कल्पना कुमारी पन्त लगायत स्थानीय तहका कृषि शाखाका प्रमुख प्रतिनिधि विभिन्न गैरसरकारी संघसंस्थाको समेत उपस्थिति रहेको थियो। भने कार्यक्रमको सञ्चालन गोबिन्द सिजापतीले गर्नु भएको थियो।

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?