कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित ग्वालावारी सामुदायिक वनमा बेथिति मच्चाउने एक नेपाली काँग्रेसका नेता पक्राउ परेका छन । मदिरा सेवन गरेर सामुदायिक वनको कार्यालयमा पुगेका नेपाली काँग्रेस कृष्णपुर नगरपालिका २का वडा सभापति रमेशराज भाट पक्राउ परेका हुन । भाटलाई आइतबार पक्राउ गरेर ईप्रका झलारीमा ल्याएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले काठको विषयमा सामुदायिक वनमा भाटले विवाद गरेपछि नियन्त्रणमा लिएको बताए । ‘अहिले दुवै पक्षलाई उक्त विषमा छलफलका लागि बोलाएको छु, ‘उनले भने, ‘के निष्कर्ष निस्किन्छ हेरु, जहाँसम्म दुवै पक्षविच सहमती होला जस्तो छ ।’ भाटलाई अस्थायी प्रहरी पोष्ट वाणीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाएको थियो । सत्ताशिन दलकै नेता कार्यकर्ताहरुले यो हदको बेथिति मच्चाउन थालेपछि नागरिक समेत हैरान भएका छन । यसरी सार्वजनिक निकायमा मदिराले लठ भएका भाटले ताण्डब मच्चाएर एक सात प्रहरी हिरासतमा बसेपछि सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले छुटाउन दौडधुप गरिरहेको जनाईएको छ ।
मदिरा सेवन गरेर ग्वालावारी सामुदायिक वनमा बेतिथि मच्चाउने काँग्रेस नेता भाट प्रहरी फन्दामा
ताजा खबर
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना
कञ्चनपुर, १७ असोज
शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...
सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै
कञ्चनपुर, १६ असोज
शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...
महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द
कञ्चनपुर , १४ असोज
कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...
३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार
कञ्चनपुर, १२ असोज
रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...
आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद
धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...
छुटाउनु भयो कि ?