मदिरा सेवन गरेर ग्वालावारी सामुदायिक वनमा बेतिथि मच्चाउने काँग्रेस नेता भाट प्रहरी फन्दामा

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणी स्थित ग्वालावारी सामुदायिक वनमा बेथिति मच्चाउने एक नेपाली काँग्रेसका नेता पक्राउ परेका छन । मदिरा सेवन गरेर सामुदायिक वनको कार्यालयमा पुगेका नेपाली काँग्रेस कृष्णपुर नगरपालिका २का वडा सभापति रमेशराज भाट पक्राउ परेका हुन । भाटलाई आइतबार पक्राउ गरेर ईप्रका झलारीमा ल्याएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज राजेश बस्नेतले काठको विषयमा सामुदायिक वनमा भाटले विवाद गरेपछि नियन्त्रणमा लिएको बताए । ‘अहिले दुवै पक्षलाई उक्त विषमा छलफलका लागि बोलाएको छु, ‘उनले भने, ‘के निष्कर्ष निस्किन्छ हेरु, जहाँसम्म दुवै पक्षविच सहमती होला जस्तो छ ।’ भाटलाई अस्थायी प्रहरी पोष्ट वाणीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाएको थियो । सत्ताशिन दलकै नेता कार्यकर्ताहरुले यो हदको बेथिति मच्चाउन थालेपछि नागरिक समेत हैरान भएका छन । यसरी सार्वजनिक निकायमा मदिराले लठ भएका भाटले ताण्डब मच्चाएर एक सात प्रहरी हिरासतमा बसेपछि सत्तारुढ दलकै नेता कार्यकर्ताहरुले छुटाउन दौडधुप गरिरहेको जनाईएको छ ।

ताजा खबर

डिग्री होल्डर बृजकिशोर चन्द निर्माण व्यवसायी संघ कञ्चनपुर सचिवको दौडमा

कञ्चनपुर, भदौँ १८ कञ्चनपुर महेन्द्रनगरका युवा बृज किशोर चन्द स्नाकोत्तर...

ईन्जिनियर महरा निर्माण व्यवसायी संघ कञ्चनपुर सहकोषाध्यक्षको चुनावी मैदानमा

कञ्चनपुर , १८ भदौँ । आउँदो शनिबार २१ भदौँमा निर्माण...

युवा निर्माण व्यवसायी कार्की संघको सहकोषाध्यक्षको दौडमा

कञ्चनपुर, १७ भदौं । कञ्चनपुरका युवा निर्माण व्यवसायी चित्र बहादुर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?