ईन्जिनियर, सव ईन्जिनियर पौडेल बिरुद्ध तीन करोड अकुल सम्पत्ती आर्जन मुद्दा

कञ्चनपुर, २९ बैशाख ।
भ्रष्टाचारमा बढि प्राविधिक कर्मचारी लिप्त भएको अख्तियारकै तथ्याङ्कले देखाईरहेको छ । उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सबइन्जिनियर कुमार पौड्यालविरुद्ध साढे तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पौड्यालले पदीय मर्यादाविपरीत कार्यहरू गरी तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्र् िआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पौड्यालले ०५१ वैशाख ९ गतेदेखि ०८० असार ३१ गतेसम्मको अवधिमा सोबराबर रकम भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । यस अवधिमा पौड्यालको वैध आय दुई करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र रहेकोमा उक्त अवधिमा घर निर्माण खर्च, जग्गा खरिद,अध्ययन खर्च, पिस बेंक्वोट एन्ड रेस्टुरेन्ट प्रालिमा लगानी, सवारीसाधन खरिद, सेयर खरिद, ऋण सापटी भुक्तानी, सुन खरिद, बिमा प्रिमियम भुक्तानी र बैंक मौज्दात रकम गरी जम्मा कुल ६ करोड २२ लाख १८ हजार रुपैयाँ उनको जम्मा सम्पत्ति भेटिएको हो ।
तीन करोड ६३ लाख रुपैयाँ ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्र् िआर्जन गरेको पुष्टि भएकाले पौड्याललाई साबिक भ्रष्टाचार निवारण ऐन, ०१७ को दफा १५ र प्रचलित भ्रष्टाचार निवारण ऐन, ०५९को दफा २९ को उपदफा ९१० बमोजिम सजायको माग दाबी अख्तियारले गरेको छ । पौड्यालले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्र् िश्रीमती विष्णुमैया पौड्यालको नाममा पनि राखेको भेटिएकाले विष्णुमैयालाई पनि सम्पत्र् िजफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । यसरी भ्रष्टाचारमा कर्मचारी लिप्त भएपछि नागरिक समेत अविश्वस्थ हुन लागेका छन ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?