सुदूरपश्चिमका ३२ नमुना विद्यालय छनौट ः कञ्चनपुरका लक्ष्मी मावि बागफाँटा, लक्ष्मी, भुवनेश्वरी मावि सिसैया, कृष्ण, सरस्वती र महाकाली मावि बेलौरी 

कञ्चनपुर, २६ बैशाख 

सुदूरपश्चिम प्रदेश सरकारले ९ जिल्लाका सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरेको छ । समाजिक विकास मन्त्रालयले १६ निर्वाचन क्षेत्रका ३२ सामुदायिक विद्यालयलाई नमुना विद्यालय छनौट गरेको हो । मन्त्रालयले नमुना विद्यालयका लागि प्रदेशभरीका सामुदायिक विद्यालयलाई मागेकोे आवेदन अनुरुप २५ बैशाख ०८१ समाजिक विकासमन्त्री मेघ बहादुर खडकाकोे अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय छनौट गरेको जनाएको छ ।

मन्त्रालयका बरिष्ठ शिक्षा अधिकृत जयदेव महराले हस्ताक्षर गरेको पत्रमा नमुना विद्यालयमा विकास गर्ने प्रयोजनका लागि समग्र विकासको गुरु योजना बनाएर आगामी आर्थिक बर्षको नीति, कार्यक्रम बजेट मार्फत मन्त्रालयमा गुरु योजना पेश गर्न निर्देशन दिएको छ । तीन प्रादेशिक निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा निर्वाचन क्षेत्र १(क) सरस्वती मावि पुर्नवास, १(ख) महाकाली मावि बेलौरी, क्षेत्र २(क) कृष्ण मावि गुलरिया, २(ख) भुवनेश्वरी मावि सिसैया र क्षेत्र ३(क) लक्ष्मी मावि बागफाँटा १९बागफाँटा र ३(ख) लक्ष्मी मावि दोधाराचाँदनी छनौट भएका छन ।

बाजुरामा जनप्रकास मावि र पशुपती मावि बुढीनन्दा, डोटीमा राधाकृष्ण मावि, शिखर, बछैन मावि बडिकेदार, बैतडीमा बासुदेव मावि लिप्टिटा, बिरेन्द्र मावि साहिलेक, बझाङ्गमा लामातोला मावि खप्तडछान्ना, सरस्वती मावि बुङग, दार्चुलामा सम्पाल मावि ब्यास, लटिनाथ मावि मार्मा, अछामा प्रभाधम्कोट मावि र नेपाल राष्ट्रिय मावि चाफामाण्डौँ, मासप मासवप बला, गुरुकुल मावि ढकारी, डडेल्धुरामा भागेश्वर मावि परशुराम, भुवनेश्वरी मावि गन्यापधुरा, कैलालीमा महेन्द्र शिशु मावि जानकी, त्रिभुवन मावि टिकापुर ,जानगागृती मावि लम्कीचुहा, महुन्याल मावि बर्दगोरिया, राष्ट्रिय मावि कैलारी, छडी मावि घोडाघोडी, मालिका मावि गौरीगंगा, सरस्वती मावि गोदाबरी सारदा मावि जुगेडा र पञ्चोदय मावि धनगढी छनौट भएका छन । भीमदत्त नगरपालिका १९ बागफाँटाका प्रद्यानाध्यापक प्रमानन्द नाथले प्रदेश सरकारले नमुना विद्यालय छनौट गरेसंगै समग्र सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि कार्यक्रम अघि बढाईने बताए । प्रअ नाथले प्राविधिक शिक्षालाई समेत साथसाथ अघि बढाउने योजना ल्याउने बताए ।

बेदकोट नगरपालिका ६ सिसैया भुवनेश्वरी माविका अध्यक्ष प्रविन बोगटीले नमुनामा छनौट भएसंगै सामुदायिक विद्यालयमा बालविकासदेखि आधारभूत तहमा विद्यार्थी आकर्षण घटिरहेका बेला बालमैत्री शैक्षिक कार्यक्रम ल्याएर शैक्षिक विकास गर्ने बताए ।

बेलौरी नगरपालिका ६बेलौरी महाकाली माविका प्रद्यानाध्यापक रमेश सिह बालविकास, प्राविधिक धारदेखि अग्रेजी माध्याम सहित विवित शैक्षिक सुधारका योजना ल्याएर विद्यालयलाई प्रदेश सरकारले गरेको विश्वास अनुरुप अघि बढने बताए । यस अघि संघीय सरकारले कञ्चनपुरका ४विद्यालयलाई नमुना विद्यालय घोषणा गरिसकेकोे थियो ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?