अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा भट्ट

कञ्चनपुर २३ बैशाख ।
अनलाईन टिभी पत्रकार संघ कञ्चनपुर जिल्ला समिति गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो । उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ । जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वादाता ईशु नेगीलाई चयन गरिएको छ ।
यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक जोशीले बताए ।
अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही बैशाख भित्रै प्रदेशको अधिबेशन हुने भएकाले जिल्लामा समिति पनि छिट्टै गठन हुने बताउनु भयो । साथै अनलाईन टिभीमा आवद्धता जनाउनु हुने सबैले सक्रियताको साथमा जिल्लामा काम गर्न आग्रह गरेका छन । अनलाईन टिभी पत्रकार संघ कञ्चनपुरको संयोजकमा चयन भएका पत्रकार प्रकास भट्टले अनलाईन टिभी पत्रकारको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?