कलुवापुरकी इन्नरी दमाईको जिवन मृत्युको दोसाँधमा, सहयोगका लागि अपिल

हेमा भट्ट
कञ्चनपुर २३ बैशाख ।
कृष्णपुरको नगरपालिका–७ स्थित कलुवापुरकी इन्नरी दमाई लामो समयदेखि ‘ब्लड क्यान्सर’
(रक्त क्यान्सर) जस्तो घातक रोगसँग जीवन र मृत्युको संघर्ष गरिरहेकी छिन ।
शरीरले भोग्न नसक्ने पीडा, आर्थिक अभाव र परिवारको बोझको बीचमा इन्नरी दमाईको जीवन अन्धकारमा डुबिरहेको छ।
इनरीका श्रीमान् मनि राम दमाई भन्छन, “शरीर उपचार चाहन्छ, मेरा छोरी–छोराको भविष्य सोचेर तड्पन्छ। तर, खाली हातले हामीले के नै गर्न सक्छौं र?” ६ जनाको परिवारमा एक छोरा र तीन छोरीहरू छन्, जसको आशामा इननरीले बाँच्ने साहस संकलन गर्दै आएकी छन्। तर दिनदिनै उनको स्वास्थ्य गम्भीर बन्दै गएको छ।
घरको आर्थिक अवस्था नाजुक छ। दैनिक गुजारा गर्न पनि हम्मेहम्मे पर्ने परिवारका लागि क्यान्सरको महँगो उपचार सम्भव नभएकोले अन्ततः मिडियामार्फत देश–विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको याचना गर्न बाध्य भएका छन्।
इन्नरीको आँखामा आँसुका थोपा छन, तर ती केवल पीडाका मात्र होइनन् — ती आशाका पनि हुन्। उनी भन्छिन्, “म बाँच्न चाहन्छु, मेरा बच्चाहरूका लागि। कृपया मलाई बचाइदिनुस्।”देश–विदेशका सम्पूर्ण मानवतावादी मनहरूमा हामी हार्दिक अनुरोध गर्दछौं — तपाईंको सानो सहयोगले इन्नरी दमाईको जीवनमा पुनः उज्यालो ल्याउन सक्छ। दमाई परिवारले दलितका नाममा विभिन्न सरकारी निकायदेखि एनजिओआईएनजिओले होटलमा मोटो बजेट खर्चिएपनि आफुहरु जस्ता विपन्न समुदायका दलितको उत्थान हुन नसकेको बताएका छन । चु्नावका बेला पटक पटक घरमा आउने जनप्रतिनिधी चुनाव जितेपछि सरकारमा बसेपछि नआएको दुखेसो पोखेका छन । दमाई परिवारले सहयोग गर्न चाहने महानुभावहरूले सिधा सम्पर्कका लागि ९८१४६४८६४१, ९८२२९८२१८६मा सम्पर्क गरिदिन आग्रह गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?