प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक भट्टद्वारा जिम हाउस तेक्वान्दो डोजाङको अनुगमन

कञ्चनपुर २३ बैशाखा ।
भीनपा–१८ वागवानी स्थित जिम हाउस तेक्वान्दो डोजाङको राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागमा कार्यरत मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक जगदीश प्रसाद भट्टले अनुगमन गरेका छन् ।
अनुगमन गर्ने क्रममा भट्टले निजी लगानीमा बनेको जिम हाउस तेक्वान्दो डोजाङ एकदम उतकृष्ट र खेलाडीहरुको लागि उपयुक्त भएको बताए । अहिले युवाहरुलाई नशा मुक्त गर्नको लागि उनीहरुलाई शैक्षिक साथै खेलकुदमय वातावरण बनाउनु पर्ने बताए ।
बालबालिकाहरुले सहजै रुपमा क्म्प्युटर र मोबाइल जस्ता उपकरण प्रयोग गर्नाले उनीहरु घरको कोठामै समिति हुनुको साथै पढाईमा कमजोर हुने खेलकुद नखेल्नाले शरीर कमजोर हुने र सानै उमेरमा विभिन्न रोगको शिकार हुने हुनाले उनीहरुलाई सके सम्म मोबाइल देखि टाढा राखि पढाईको साथै खेलकुद युक्त वातावरण बनाउनु पर्ने मा भट्टले जोड दिएका छन् ।
जिम हाउस तेक्वान्दो डोजाङको अनुगमनको क्रममा मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक भट्टले साना साना तेक्वान्दो खेलाडीहरुलाई खेलकुद बाट कसरी राष्ट्रलाई चिनाउन सकिन्छ र कसरी खेलखेलेर सफल भईन्छ भन्ने भनाई राख्दै नशा मुक्त समाजको लागि खेल अति आवश्यक रहेको कुरा बताए ।

जिम हाउस तेक्वान्दो डोजाङका प्रशिक्षक हेम बहादुर बस्नेतले भने ‘विद्यृतिय उपकरणको यो युगमा अहिले बालबालिकाहरु घरको कोठामै समिति भएकाले उनीहरुलाई बाहिर ल्याउनको लागि पनि खेलकुदले महत्वपुर्ण भुमिका खेलेको छ, शैक्षिक साथै वोद्धिक विकासको लागि पनि खेलकुद जरुरी रहेको छ ।’

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?