प्रेस सेन्टरका सचिव पत्रकार अवस्थिद्धारा पत्रकार कल्याण कोषको स्थापनार्थ आर्थिक सहयोगको घोषणा  

नेपाल पत्रकार महासंघ कंचनपुरका सल्लाहकार , प्रेस सेन्टर नेपालका सचिव ,कंचनपुर बाट प्रकाशित हुने जनसरोकार पोष्ट दैनिकका प्रकाशक पत्रकार राजेन्द्र प्रशाद अवस्थिले नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गर्ने घोषणा  गरेका छन । महासंघ कंचनपुरको कल्याण कोषको स्थापनार्थ पत्रकार अवस्थिले ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गर्ने घोषणा  गरेका हुन ।

पवित्र भावनाका साथ  महासंघले पत्रकारहरुको हितमा खर्च गर्ने गरि स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ  सकेको सहयोग गर्न लागेको  उनले बताएका छन । आगामी दिनहरुमा अझै सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।

कंचनपुरमा संचारकर्मी पत्रकारहरुलाइ घटना , दुर्घट्ना, गम्भीर रोग र पत्रकार वा परिवारका सदस्यहरुको देहान्त भएको समयमा थोरै भएपनी पत्रकार कल्याण कोषको ब्याज रकम बाट आर्थिक सहयोग गर्ने मनसायले  पत्रकार कल्याण कोष कंचनपुरको स्थापना हुन लागेकोले सबैलाइ उनले सहयोग गर्न आग्रह गरे ।

पत्रकारहरु कुनै घटना दुर्घटनामा पर्दा वा बिरामी हुदाँ आर्थिक समस्याको मारमा पर्ने गरेको र आर्थिक जोहो गर्न समस्या हुने भएकाले थोरै भएपनी पत्रकार कल्याण कोषको स्थापना गरि आर्थिक सहयोग गर्ने मनसायले महासंघ शाखा कंचनपुरले कल्याण कोषको स्थापना गर्न लागेको उनले बताएका छन ।

पत्रकार कल्याण कोष एक पबित्र र पुण्य कार्य भएकोले महासंघका शाखा सदस्यहरु लगायत अन्य क्षेत्रका सबै ब्यक्तिहरुलाइ  सकेको आर्थिक सहयोग गर्न समेत सल्लाहकार अवस्थिले आह्वान गरेका छन ।

एक एक थोपा बाट समुद्र बन्ने भएकोले सबैलाई आर्थिक सहयोग गर्न समेत उनले आग्रह गरेका छन ।  सवै क्षेत्रका व्यक्तिले पत्रकार कल्याण कोषको स्थापनाको लागि सहयोग गर्ने समेत उनले आशा ब्यक्त गरेका छन  ।

नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका सल्लाहकार अवस्थिले पत्रकार महासंघले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषको स्थापनार्थ पत्रकार अवस्थिले सक्दो सहयोग गर्ने घोषणा गरेको प्रती महासंघका सचिव कुन्दन पाण्डेयले  धन्यबाद ब्यक्त गरे ।

 

पत्रकार अवस्थी द्वारा नेपाल पत्रकार महासंघलाई ११,१११ रुपैयाँको सहयोग गर्नु एक उदारता र सामाजिक उत्तरदायित्वको राम्रो उदाहरण हो, उनले भने -“यस्तो योगदान समाजमा सकारात्मक प्रभाव पार्न र पत्रकारिताको क्षेत्रमा अझै उत्तिकै उत्कृष्टता र निष्ठा ल्याउन मद्दत पुर्याउन सक्छ। यो सहयोग मात्र रकमको योगदान नभइ एक सन्देश पनि हो, जसले अरुलाई पनि यस्ता क्रियाकलापहरूमा भाग लिन प्रोत्साहित गर्न सक्छ। पत्रकार महासंघलाई प्राप्त हुने यो सहयोग भविष्यमा पत्रकारहरूको हक र अधिकारको संरक्षणमा मद्दत पुर्याउनेछ।”

पत्रकारवअवस्थीले नेपाल पत्रकार महासंघ कंचनपुरलाई आर्थिक सहयोग गर्ने घोषणा गर्नु राम्रो कुरा भएको निवर्तमान अध्यक्ष माधव धामिले बताए ।

रकम सामान्य लागे पनि यसको पछाडि रहेको पबित्र सहयोगी भावना भने अत्यन्त महत्वपूर्ण छ। उनले भने -” पत्रकारिता लोकतन्त्रको चौथो अंग हो, र यसको स्वतन्त्रता, विश्वसनीयता तथा सुरक्षा सुनिश्चित गर्नु सम्पूर्ण समाज र सामाजिक सबै मानिसको दायित्व हो। यस्तै सोच र जिम्मेवारीको बोधसहित पत्रकार अवस्थीले पत्रकार महासंघलाई सहयोग गरेका छन्।अरु सबै जनाले सहयोग गर्नु पर्छ । ”

नेपाल पत्रकार महासंघलाई पत्रकार अवस्थिले गरेको  सहयोग केवल एक आर्थिक योगदान मात्र नभई, उहाँको स्वयमको पेशा , पत्रकार र  पत्रकारिता प्रतिको सम्मान, समर्थन र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो बोधको प्रतीक रहेको अध्यक्षले सुरेश धामिले बताए ।

सुरक्षित, स्वतन्त्र, निडर र जिम्मेवार पत्रकारिता आजको युगमा समाजको मेरुदण्डसरह छ, उनले भने -” बिभिन्न समयहरूमा, जब पत्रकारहरू आफ्नो कर्तव्य निर्वाह गर्न अनेक चुनौतीहरू भोगिरहेका हुन्छन्, विभिन्न घटनामा आर्थिक समस्याहरुको सामना गरिरहेका हुन्छ्न, यस्तो अवस्थामा पत्रकार महासंघ कंचनपुरलाई सशक्त बनाउनु हामी सबैको दायित्व हो। पत्रकार राजेन्द्र अवस्थी जि जस्तै सबैले सहयोग गर्नु पर्दछ । उनको सहयोगले पत्रकार महासंघलाई थप सक्षम बनाउने मात्र होइन, अरूलाई पनि यस्ता कार्यमा सहभागी हुन प्रेरणा दिनेछ।”

हरेक समय पत्रकारहरु सबैलाइ काम लाग्ने गरेका छन , पेशागत सुरक्षाका बिषयमा सोच्नु सबैको जिम्मेवारी हो त्यसैले पत्रकार महासंघ शाखा कंचनपुरले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा सबैलाइ सहयोग गर्न समेत उनले आग्रह गरे ।

पत्रकार अवस्थी हरेक सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन । हरेक लाइ सहयोग गर्न रुचाउने पत्रकार अवस्थी कंचनपुरका पत्रकारहरु माझ निकै लोकप्रीय रहेका छन ।

 

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?