कञ्चनपुरका संचारकर्मीसंग विपद पुर्व तयारी कार्यशाला

कञ्चनपुर , १९ बैशाख ।
कञ्चनपुरका संचारकर्मीसंग भीमदत्त नगरपालिकाले विपद पूर्व तयारी एव जोखिम व्यवस्थापन सम्बनधी कार्यशाला गोष्ठी गरेको छ । भीमदत्त नगरपालिकाले शुक्रबार संचारकर्मी तथा सरोकारवालासंग विपद जोखिम व्यवस्थापन र पूर्व तयारी सम्बन्धी सचेतिकरण कार्यशाला गोष्ठी गरेको होे ।

 

भीमदत्त नगरपालिका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण गर्न र विपद् आएपनि समयमै जोखिम न्यूनिकरणका लागि संचारकर्मीसंगै सरोकारवालासंग छलफल गरेको बताए ।
विपद पुर्व, विपदका बेला र विपद पश्चात संचारकर्मीको महात्वपूर्ण भूमिका हुने भन्दै उनले पत्रकार सहित सरोकारवालासंग सचेतिकरण अभिमुखिकरण गोष्ठी गरिएको बताए ।

 

कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरिसिह धामीले विपद व्यवस्थापनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रममा विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपदका बेला संचारको भूमिका महत्वपूर्ण हुने बताए । भीमदत्त नगरका उपमेयर निलम लेखकले विपद न्यूनिकरणका लागि पालिकाले थुप्रै तयारी अघि बढाएको बताए । ‘हामीले जनशक्तिदेखि स्रोत साधन व्यवस्थापनदेखि प्रभावित क्षेत्रमा पुर्व सुचना जारी गर्ने, उद्दारदेखि राहतका कार्यक्रम गर्दै आएका छौँ, ‘उनले भनिन, ‘विपदका बेला मानविय सम्वेदनशिलता हुने भएकाले संचारकर्मीले समेत गम्भिर हुनुपर्छ ।’ भीमदत्त नगरपालिकाले विपद पुर्व तयारी, विपद्का बेला व्यवस्थापन र विपद पछि राहत, पुर्ननिर्माणका लागि अन्य सरकारी निकाय माथिल्ला सरकारसंग समन्वय गरेर अघि बढ्ने बताए । कार्यक्रममा विपदका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघ संस्था एव सरोकारवालाको सहभागिता रहेको थियो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?