कञ्चनपुरमा एसपी चक्रराज जोशीका १४ महिना फरार अभियुक्त, लागु औषधका तस्कर पक्राउदेखि मुख्य घटनामा सफलता

कञ्चनपुर, १८ बैशाख ।
एसपी चक्रराज जोशीले गत बर्ष ०८१ फागुन पहिलो साता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेका थिए ।
झण्डै १४ महिना विवादरहित रुपमा एसपी जोशी नेतृत्वमा प्रहरीले विभिन्न अपराधमा मुछिएका फरार अभियुक्तदेखि ठुला हत्या काण्डमा सफल अनुसन्धान गरेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार विभिन्न अपराधमा मुछिएका १ हजार २सय ६५फरार अभियुक्त मध्ये चालु आर्थिक बर्षको १० महिनामा मात्रै ३सय ९७फरार अभियुक्त पक्राउ परेका छन ।
आर्थिक बर्ष ०७९÷०८०मा ९२, ०८०÷०८१मा २सय ४५ र चालु आर्थिक बर्षकोे बैशाख दोस्रो सातासम्ममा ३सय ९७फरार अभियुक्त पक्राउ परेका हुन ।
गत आर्थिक बर्ष ०८०÷०८१मा ६करोड ३७लाख, ८५ हजार ५सय १९रुपैया बराबर भन्सार चोरीछलीको समान बरामद गरेको प्रहरीले चालु आर्थिक बर्ष ०८१÷०८२कोे बैशाख दोस्रो सातासम्ममा ६करोड, १६ लाख, ७४ हजार ४८७रुपैया बराबरका अवैध समान बरामद गरेको छ ।
चालु आर्थिक बर्ष ०८१÷०८२मा ३सय ४३क्युफिट अवैध काठ सहित ११लाख, ५५ हजार ६६०रुपैया राजस्व सहित ६सवारी साधन बरामद ७ मानिस पक्राउ गरेको छ ।
अवैध रुपमा नदीजन्य पदार्थ ओसार्ने ५२टेक्टर, २टिप्पर बाट ५२ सवारी साधन र ३४ मानिस पक्राउ गरी ९लाख १सय बराबरको राजस्व संकलन गरिएको थियो ।
लागु औषध तर्फ गत आर्थिक बर्षमा ३२ महिला, २५५ पुरुष गरेर २सय ८७मानिस र चालु आर्थिक बर्षको बैशाख दोस्रो साता सम्ममा ११महिला, १८९पुरुष सहित २सय मानिस पक्राउ परेका छन । उनीहरुको साथबाट ब्राउन सुगर, चरेश, गाँजा, एम्पुल, ट्यालेट जस्ता लागु औषध बरामद गरिएका छन । यस्तै बन्यजन्तु तर्फ चितुवाको छाला, जयारोको सिङ, बदेलको बाङगा सहितका ओखेटोपहार बरामद गरिएको छ ।
जुवातास तर्फ अघिल्लो आर्थिक बर्ष ०८०÷०८१मा १सय ९ जुवाडेको खालबाट ६लाख, ५० हजार ३सय र चालु आर्थिक बर्षमा १सय ७०जुवाडेबाट १२लाख, ३० हजार २९५ रुपैया बरामद गरिएको छ ।
बेस्याबृति तर्फ गत आर्थिक बर्ष ०८०÷०८१ मा ५ महिला ४ पुरुष र चालु आर्थिक बर्षमा ४ महिला ६ पुरुष पक्राउ गरेका छन ।
१३ मंसिर ०८१ मा बेलौरी नगरपालिका ६भुराकोटमा भारतीय भारुक भन्ने नागरिकसंग मिलेर श्रीमान शियाराम रानाको हत्यामा संलग्न श्रीमती सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएर हाल दुवै कारागार चलान भएका छन । १५ मंसिर ०८१ मा भीमदत्त नगरपालिका ८ तिलाचौरका पुर्व प्रहरी नरेन्द्र सिह विष्टले आफ्नै श्रीमती ज्योती ठगुन्नाकोे हत्या, ८ कार्तिक ०८१ मा लालझाडी गाँउपालिका १ बिनबारीका रमेश बडायक,कमला दाम्पतीको हत्या गर्ने सोही गाँउपालिका २ कञ्जका ४३ बर्षिया गंगराम रानालाई पक्राउ गरेर पुरपक्षका लागि जेल चलान भएका छन ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तरगत ५सय ५९ पटक झण्डै १६ हजार नागरिकलाई अभिमुखिकण गराएको छ । प्रहरीको आन्तरिक तर्फ हिरासत मर्मत, पुस्तकालय स्थापना, बृक्षारोपण, मेलमिलापन चौतारीदेखिका कार्यक्रम गरिएको छ ।
एसपी जोशीले विवारहित रुपमा सरोकारवालासंग समन्वय गरेर ठुलठुला घटना समेत सर्टडाउन गरेको नागरिकको समेत मुल्याङ्गकन छन । उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघदेखिका सरोकारवालाले विदाई गरिरहेका छन ।
एसपी जोशीले बेलडाँडीका हरिकिसन राना र लालझाडीका रामरेशर राना घटनाको अनुसन्धान भईरहेको बताए । ०७५ सालमा बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला हत्या काण्डको समेत अनुसन्धान जारी रहेको एसपी जोशीले बताए । यस अघि प्रहरी निरीक्षक हुँदा एसपी जोशी कञ्चनपुरमा वडा प्रहरी कार्यालयमा इन्चार्ज र कञ्चनपुरमा जिल्ला प्रहरी कार्यालयका कार्यरत थिए । हालै उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छ । एसपी जोशीले आफु जहाँ भएपनि कानुन अनुरुप ईमान्दारितापुर्वक कामकाज गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?