भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्य रातमा ढालियो ः प्रचण्ड

विकास सिह महता
कञ्चनपुर, १७ बैशाख ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड०ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए ।
‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचार बनाउन लागेको छ ।’
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद्युत व्यपार सम्झौता अघि बढेको बताए ।
अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताए । ‘सरकारले आन्दोलनरथ शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’
गत फागुनदेखि माओवादीले शुरुवात गरेको अभियान माओवादीको मात्रै नरहेको बताउँदै प्रचण्डले राष्ट्रिय अभियान नै भएको दावि गरेका छन ।
अभियानका क्रममा किसान, मजदुर, सहिददेखिका आम सर्वसाधारणसंग प्रत्यक्ष सम्वाद गरेको बताए ।
यस अघि माअ‍ोवादीका नेता स्व। पोष्ट बहादुर बोगटीले उर्जा, जलस्रोत मन्त्रालय सम्हाल्दा पश्चिम सेती परियोजना अघि बढाउने योजना भएपनि पछिल्ला सरकारले बढाउन नदिएको बताए । पञ्चेश्वर परियोजना कुनैपनि हालतमा सफल पारिने प्रचण्डको उद्घोष छ ।
आफु प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पूर्वाधार तर्फ थुप्रै योजना अघि बढेकोे बताउँदै प्रचण्डले कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षालय निर्माण गरिने बताए ।
प्रचण्डले आर्थिक क्रान्ति गरेर समाजवाद अभियान सफल पार्नका लागि माओवादीलाई साथ दिन समेत अपिल गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?