भोलीदेखि सुदूरपश्चिममा माओवादी अभियान ः तीनदिन प्रचण्ड कैलाली, कञ्चनपुर रहने

कञ्चनपुर, १४ बैशाख ।
नेकपा माओवादी केन्द्रले भोली ९सोमबार०देखि सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गर्न लागेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सोमबारदेखि सुप प्रदेश ९कैलाली–कञ्चनपुर०मा अभियान संचालन गर्न लागेको हो ।
गत फागुन दोस्रो साता पुर्वको झापादेखि शुरु भएको अभियान पश्चिम नेपाल कञ्चनपुर पुगेर समापन गरिने माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट९सरल०ले अभियानको कैलाली, कञ्चनपुरमा तिव्र तयारी भईरहेकोे छ ।
पुर्वबाट शुरु गरिएको अभियान लुम्बिनी प्रदेशसम्म संचालन गरिएको थियो । भने, सुदूरपश्चिममा १५बैशाखदेखि १७सम्मै संचालन गरिने छ । कैलालीको टीकापुरबाट शुरु हुने अभियान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन गरिने केन्द्रीय सदस्य भाटले बताए ।
‘बैशाख १५ गते नै सोमबारै पाटी अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड० ज्यू कैलालीको टीकापुर पुग्ने कार्यक्रम छ, ‘उनले भने, ‘पाटी अध्यक्ष ज्यू टीकापुर पुगेदेखि अभियान शुरु हुनेछ ।’
कैलालीमा टीकापुरदेखि शुरु भएको अभियान धनगढी र कञ्चनपुरमा डोकेबजारदेखि शुरु भएको अभियान भीमदत्तसम्मै पुगेर समापन हुनेछ ।’ टीकापुर स्थित सती कर्णाली पुलमा स्वागत गरेर अभियान सचालन गरिनेछ, पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिह परिवारसंग भेटघाट, अन्तरकृया गरिनेछ । भने, धनगढी भन्सारदेखि डोकेबजारबाट कञ्चनपुर प्रवेस गर्ने छन । १६ बैशाख कञ्चनपुरको डोकेबजारमा प्रवेस गरेर हुलाकी राजमार्ग केन्द्रीत हुने जनाएको छ । पुनर्वास नगरपालिका स्वागत एव भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसंग भेटघाट छलफल, रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, बेदेकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा राखेर अभियानको समापन गरिने छ ।
सुदूरका तराईका जिल्ला कैलाली कञ्चनपुरमा हुने अभियानमा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल९प्रचण्ड० सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘पाटीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल समापन गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेबारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।’ पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन । अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?