लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर 

 

धन सिह धामी,

महेन्द्रनगर, बैशाख ११

लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको हो ।

संविधान चोकमा नेपाल लोकतान्त्रिक खेलकुद संघले मन्त्र अस्पताल र रेडक्रम सोसाईटीसंगको सहकार्यमा रक्तदानदेखिका कार्यक्रम गरेको जनाएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र केसीले लोकतन्त्र दिवसको अबरमा रक्तदान, प्राथमिक स्वास्थ्य उपचार शिबिर संचालन गरेकोे बताए ।

उनका अनुसार रेडक्रससंगको सहकार्यमा २४ जनाले रक्तदान गरेका छन । भने, मन्त्र अस्पतालले प्राथमिक उपचार, ब्लडप्रेसर, सुगर परीक्षण, रक्त समुह पहिचान एव स्वास्थ्य परार्मस गरिएको छ । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले दिवसको अवसरमा नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको बताए । नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्यकर्मी नरेन्द्र राज जोशी सहितको प्राविधिक टिमले रगत संकलन गरेका थिए । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले लोकतन्त्र दिवसको अवसरमा नेपाल लोकतान्त्रिक व्यवसायीद्वारा आयोजित नागरिक स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको बताए ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?