सुदूरपश्चिममा मानव अधिकार उलङघनका घटना बढ्दै

कञ्चनपुर, १० बैशाख ।
सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उलङघनका घटनाहरु बढिरहेको एक तथ्याङ्कले देखाएको छ । ईन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले सार्वजनिक गरेकोे तथ्याङ्क अनुसार प्रदेशमा मानव अधिकार हनन्का घटना रोकिएका छैनन ।
ईन्सेक प्रदेश कार्यालयले ०२५ सन जनवरी अर्थात पुष मध्यदेखि चैत्र मसान्त सम्ममा विभिन्न प्रकृतिका २०४ घटना घटेका छन ।
तीन महिनाको अवधिमा घार्ईते र धम्की १÷१, बाल अधिकार २६, कुटपिट ५, हत्या ४, महिला अधिकार १६५, जातिय विभेद २ गरेर २सय ४ घटना घटेका छन । सबैभन्दा बढि महिलाअधिकारका घटना रहेका छन ।
बालबालिका बिरुद्ध बालविवाह २, बलात्कार २०, यौन दुव्र्यवहार ४ गरी २६ र महिला माथि बलात्कार १०, घरेलु हिन्सा १४९, बलात्कारको प्रयास २, दाईजो हिन्सा २, परिवारबाट हत्या र बेचबिखिन १÷१ गरेर १सय ६५ रहेका छन ।
पुरुष तर्फ घम्की १, कुटपिट ४, हत्या २, जातिय विभेद ३ गरेर जम्मा ९ रहेका छन । ईन्सेक कञ्चनपुरका संयोजक लिलि कुँवरले जिल्लामा समेत विभिन्न प्रकृतिका मानव अधिकार उलङघनका घटना अझै नरोकिएको बताए । जिल्ला संयोजक कुँवरले ईन्सेकको सम्पर्कमा आएका सबै घटनाको अभिलेख राखिएको बताईन । ईन्सेक प्रदेश कार्यालय धनगढीका प्रलेख अधिकृत कृष्ण विकले तीन महिनाकै अवधिको तथ्याङ्क अनुसार पनि सुदूरमा अझैपनि मानव अधिकार उलङघनका घटना नरोकिएको बताए । ‘मानव अधिकार प्रत्याभूतिका लागि नागरिककोे अभिभावक राज्य भएकाले सबैभन्दा पहिला राज्य जिम्मेबार बन्नुपर्छ, ‘उनले भने, ‘पीडितले पनि सत्य सुचनाका साथ हामीजस्ता मानव अधिकारका क्षेत्रमा कार्यरतसंग सम्पर्क गर्नुपर्ने देखिन्छ ।’ नेपाल पत्रकार महासंघ कञ्चनपु्रका अध्यक्ष सुरेश सिह धामीले मानव अधिकार उलङघनका घटना न्यूनिकरणका लागि सरोकारवाला जिम्मेबार हुनुपर्ने बताए । अधिवक्ता पुष्प बिक्रम शाहीले सुदूरमा दिनप्रतिदिन घटिरहेका मानव अधिकार उलङघनका घटना बढिरहेकाले नागरिक सहितका राज्यका निकाय जिम्मेबार हुनुपर्नेमा जोडदिएका छन । अधिवक्ता शाहीले तीनै तहका सरकारले सिमान्तकृत समुदायकोे मौेलिक हक अधिकारको प्रत्याभूति गराउनुपर्ने आवश्यश्यक रहेको औल्याए । ईन्सेकले बुधबार महेन्द्रनगरमा सरोकारवालासंग छलफल समेत गरेकोे छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?