डेन्टल सेवाका लागि भीमदत्तद्वारा महाकाली अस्पताललाई आर्थिक सहयोग

कञ्चनपुर, ५ बैशाख ।
कञ्चनपुरको एक स्थानीय सरकारले महाकाली प्रादेशिक अस्पताललाई अढाई लाख बजेट दिएको छ । भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई डेन्टल स्वास्थ्य सेवा विस्तारका लागि २लाख ५० हजार आर्थिक सहयोग गरेको हो ।
चालु आर्थिक बर्ष ०८१÷०८२को नीति, तथा कार्यक्रम मार्फत भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई उक्त आर्थिक सहयोग गरेको जनाएको छ ।
भीमदत्त नगरका प्रमुख कार्यकारी अधिकृत महेश बहादुर बमले शुक्रबार नगरपालिकाले अस्पतालाई चेक हस्तान्तरण गरेको बताए ।उनका अनुसार भीमदत्त नगरका उपप्रमुख निलम लेखकले महाकाली अस्पतालका निमित्त मेसु डा। अर्जुन कुमार भट्टलाई उक्त चेकको रकम हस्तान्तरण गरिएको छ ।
उपप्रमुख निलम लेखकले नगरपालिका क्षेत्रका विपन्न गरिब जनताको दाँत उपचारका लागि उक्त रकम दिएको बताईन । दाँत सम्बन्धी विपन्न बिरामीको उपचारमा टेवा पु¥याउने उदेश्यका साथ अस्पताललाई उक्त रकम दिएको बताए । चेक ग्रहण गर्दै महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसुु डा। अर्जुन कुमार भट्टले पालिबाट प्राप्त आर्थिक सहयोग डेन्टल सेवामा खर्च गरिने बताए । जिल्ला मुकाममा रहेको भीमदत्त नगरपालिका स्थानीय सरकारले हरेक बर्ष महाकाली अस्पताल र रेडक्रसलाई आर्थिक सहयोग गर्दै आएको छ ।

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?