आगलागी नियन्त्रण गर्न बच्छेला सामुदायिक वनका अग्नी रेखा निर्माण

कञ्चनपुर, २८ चैत्र ।
कञ्चनपुरको एक सामुदायिक वनले आगलागी नियन्त्रणका लागि अग्नी रेखा निर्माण गरेको छ । बेदकोट नगरपालिका ५धरमपुरको बच्छेला सामुदायिक वनमा अग्नी रेखा निर्माण गरिएको हो । चुरे क्षेत्रसंगै जोडिएको उक्त सामुदायिक वनले चालु आर्थिक बर्ष ०८१÷०८२मा सामुदायिक वनका विभिन्न क्षेत्रमा अग्नी रेखा निर्माण गरेको जनाएको छ ।
बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णू नेपालीले सामुदायिक वनमा आगो नियन्त्रण गर्दै पर्यावरण सरक्षण गर्ने उदेश्यका साथ अग्नी रेखा निर्माण गरिएको बताए । ‘यो सुुख्खायाममा विभिन्न कारणले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण गर्न हामीले विभिन्न प्लट प्लटमा अग्नी रेखा निर्माण गरेका छौँ, ‘उनले भने, ‘कदमकदाचित एक प्लटमा लागेको आगो अर्को प्लटमा जानबाट रोक्न हामीले अग्नी रेखा निर्माण गरेका छौँ ।’ अध्यक्ष नेपालीका अनुसार झण्डै २०किलोमिटर अग्नी रेखा निर्माण गरिएको छ । अग्नी रेखा निर्माणमा स्वयम अध्यक्ष नेपाली सहितका पदाधिकारी सदस्य लगायतका उपभोक्ताहरु खटिएका छन । अनियन्त्रित आगलागीबाट एकतिर वन, पर्यावरण, बन्यजन्तुमाथि असर अर्कातिर मानव बस्तीदेखि जोखिम हुने हुँदा समयमै अग्नी रेखा निर्माण गरिएको छ । उक्त सामुदायिक वनले उपभोक्ताको हकहितलाई मध्य नजर गर्दै पर्यावरण सरक्षणका विवित कार्य गर्दै आएको छ ।

ताजा खबर

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?