सोमबारदेखि गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता

प्रकास भट्ट,
कञ्चनपुर २४ चैत ।
कञ्चनपुरको गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको छ । विगतका बर्षहरु जस्तै यस बर्षपनि भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा तेस्रो मेयर क्रिकेट प्रतियोगिता हुन लागेको हो । भीमदत्त नगरपालिका ११नम्बर वडा कार्यालयको आयोजनामा सोमबारदेखि हुने डेनाईट क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
भीमदत्त नगर ११का वडाध्यक्ष प्रंकास थापाले डे नाईट टि १० क्रिकेट प्रतियोगिताको फिल्डदेखि लाईटिङ्ग आवश्यक सबै तयारी पुरा भएको बताए । ‘हामीले सोमबार साँझ ५ बजेदेखि औपचारिक उद्घाटन गछौँ, ‘उनले भने, ‘प्रतियोगिताको उद्घाटन भीमदत्त नगरका मेयर पदम बोगटीले गर्नेछन ।’
प्रतियोगितामा आयोजक सहित भीमदत्त, दोधाराचाँदनी र बेदकोट नगरका विभिन्न वडाहरुका २४ टिम सहभागि भएका छन । विजेता टिमलाई नगद ३लाख, उप बिजेतालाई नगद १लाख ५० हजार सहित ट्रफि, मेडल, प्रमाण पत्र वितरण गरिएको छ । सेमिफाईन पुगेका अन्तिम २टिमलाई समेत सान्त्वना स्वरुप ७÷७ हजार दिईने छ । साथै उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिनेछ । यस बर्ष मास लाईटको समेत प्रबन्ध गरिएका।े छ । गणेश थापा, बिरेन्द्र शाही, नरेन्द्र भट्ट, गणेश आग्री अप्पायर रहेका छन ।
०७९ सालमा वडाध्यक्षमा निर्वाचित भएका काँग्रेस नेता समेत रहेका खेलप्रेमी प्रकास थापाले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो कार्यक्रम ल्याउने सकल्प गरेका थिए ।
पहिलो पटक ०७९, दोस्रो ०८० र तेस्रो ०८१मा सिद्धनाथ अमर माध्यामिक विद्यालयको प्राङगणमा क्रिकेट प्रतियोगिता गर्न लागेको छ । ‘हाम्रो उदेश्य खेलकुदको बृद्धि विकास खेलाडी उत्पादन गर्ने हो, ‘उनले भने, ‘यसलाई सबै खेलाडीले आत्मसाथ गर्नुपर्छ ।’ गाँउमै क्रिकेट प्रतियोगिता हुने भएपछि स्थानीय समेत हर्षित भएका छन । खेलाडी समेत रहेका स्थानीय समाजसेवी दिपक चन्दले खेलकुदमा खेलाडीले उच्च अनुशासनपुर्वक प्रर्दशन गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?