कञ्चनपुरवासीको आवाजले काम ग¥यो विवादास्पद सिडिओ सापकोटाको सरुवा

विमल धामी
कञ्चनपुर, चैत २२ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद सापकोटाको अन्ततः सरुवा गरिएको छ । गृहमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको निर्णय अनुसार सापकोटा सहित पाँचजना प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। सापकोटालाई गृह मन्त्रालय तानिएको छ भने अब उनको ठाउँमा सहसचिव लक्ष्मण ढकालले कञ्चनपुरको नेतृत्व सम्हाल्ने भएका छन् ।

राजनीतिक दबाबमा काम गर्ने, जनताका मुद्दा उपेक्षा गर्ने गरेको आरोप लाग्दै आएका सापकोटालाई शुक्रबार गृह मन्त्रालयमा तानिएको हो । सरुवाको विषयमा सबैभन्दा बढी चर्चा भने कञ्चनपुरको भएको छ । उनका धेरै निर्णय स्वयं कार्यान्वयन नहुँदा उनी विवादित बन्दै आएका थिए ।

बेलडाँडी गाउँपालिकामा सरकारी अतिक्रमण हटाउने निर्णय लिँदा पछि हट्नु, सीमाक्षेत्रका विवाद समाधान गर्न नसक्नु, भीमदत्त नगरपालिकाको २२ वटा सटरसम्बन्धी मुद्दा लम्ब्याउनु, कृष्णपुरको नदी–नाला उत्खनन रोक्न नसक्नु, सीमामा बारम्बार हुने समस्या समाधानमा असफल हुनुजस्ता कारणले उनीप्रति कञ्चनपुरबासीको विश्वास हराउँदै गएको थियो ।

स्थानीय नागरिकहरूले उनलाई “निर्णय एक गर्ने, काम अर्को गर्ने“ सिडिओको रूपमा व्याख्या गर्दै आएका थिए । कञ्चनपुरका जनताले बारम्बार आवाज उठाउँदै आए पनि उनी राजनीतिक दबाबमा रमाउँदा जनअपेक्षा ओझेलमा परेको टिप्पणी गरिएको छ ।

उनको ठाउँमा सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको नयाँ सिडिओको जिम्मेवारी दिइएको छ । ढकालसँग जनअपेक्षा धेरै रहेको र स्थानीयले अब विकास र शान्तिको अनुभूति हुने आशा व्यक्त गरेका छन् ।

यसैगरी, स्याङ्जाका सिडिओ सुनिता नेपाल, अर्घाखाँचीका बाबुराम अर्याल, लमजुङका बुद्धबहादुर गुरुङ र प्युठानकी रमा आचार्य ९सुवेदी० को पनि सरुवा भएको छ। उनीहरूको स्थानमा क्रमशः ईश्वरीप्रसाद अर्याल, वेदप्रसाद खरेल, माधवप्रसाद पोखरेल र दिपकराज नेपाललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ ।

 

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?