झलारी ईन्सपेक्टर शर्मा विवादिद बन्दै

कञ्चनपुर, २२ चैत्र ।
कञ्चनपुरको मध्य भूगोलमा रहेको झलारी गाँउ पुर्वपश्चिम महेन्द्रराजमार्ग सहितका हिसाबले पनि बढी व्यस्थ ग्रामिण शहरको रुपमा चिन्छिन ।
सवारी दुर्घटनाको जोखिमदेखि लागु औषध, प्राकृतिक स्रोत साधनको चोरी तस्करी सहितका छिटफुट घटना भईरन्छन । गत भदौँमा झलारी सुरक्षाको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक ईन्सेक्टर झलक प्रशाद शर्मा पछिल्ला दिनहरुमा विवादित बन्दै गएका छन ।
गत भदौँदेखि शर्माले ईप्रका झलारीको इन्चार्जको जिम्मेबारी सम्हालेपछि आर्थिक लेनदेनदेखिका घटनामा विवादित बन्दै गएका हुन ।
चैत्र पहिलो साता कृष्णपुर नगरपालिका ७ कलुवापुरका ३२ बर्षिया पदम रानाको विद्युतीय धरापका कारण मृत्यु भएपनि ईन्सपेक्टर शर्माको स्वार्थले चट्यान लागेको भन्दै घटनाको मुचुल्का उठाएको गम्भिर आरोप छ । केही समय अघि एक युवक लागु औषध मुद्दामा पक्राउ परेको उनले आफुले झलारीको टिएण्डसी मेडिकलबाट लागु औषध खरिद गरेको बयानका आधारमा
लागु औषध मुद्दामा टिएण्ड सी मेडिकलका संचालक डा। ओम सिहलाई नियन्त्रणमा लिएर लाखौँ आर्थिक लाभ लिएर मुद्दा कमजोर बनाएको अर्को आरोप छ । यसका साथै ससानादेखि अन्य घटनामा आर्थिक लाभ लिएको स्थानीयको समेत आरोप र गुनासो गर्न थालेपछि जिल्ला प्रहरीको ध्यान समेत तानेको छ ।
१९ माघ वाणीमा भएको दुर्घटनामा चालक मुकेश राज अवस्थीलाई सवारी ज्यान जानुपर्ने मुद्दा अङगभङमा बनाएर चालक पुरपक्षका लागि जेल चलान गरिएको प्रकरण अहिले झन विवादित बनिरहेको छ । चालकमाथि गलत मुद्दा लगाएको भन्दै बिहीबारदेखि मजदुर पुर्वपश्चिम महेन्द्रराजमार्ग बन्द गरेर आन्दोलनमा होमिएका छन ।
यसरी विवादमा मुछिएपछि उनको जिम्मेबारी खोज्ने तयारीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले तयारी गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले ईप्रका झलारीका इन्चार्ज शर्माका विषयमा विभिन्न आरोप, गुनासो आउन थालेपछि उनको ठाँउमा नयाँ प्रहरी निरीक्षक पठाउने तयारी रहेको बताए । ‘जिल्लामा प्रहरी निरीक्षक सीमित छन, यहाँपनि कामको चाप छ, ‘प्रवक्ता जोशीले भने, ‘शर्माको ठाँउमा प्रदेशबाटै अर्को प्रहरी निरीक्षक आउने छलफल चलेको छ ।’
प्रहरी निरीक्षक शर्माले आफुमाथि लगाएको आरोप सत्य नभएको दावि गरेका छन । उनले विद्युतीय धरापमा परेर कृष्णपुरका रानाको मृत्युदेखि, लागु औषधको मुदा मिलाउने र अहिले वाणी दुर्घटना लगायतका सबै घटनामा आफ्नो कुनै संलग्नता र स्वार्थ नभएको दावि गरेका छन । ‘मैले अनुसन्धान गर्दै जाने हो, भन्नेले के के भन्छन, त्यसको पछि के पर्नु, ‘उनले भने, ‘राम्रो काम गर्दा आरोप लग्यो ।’ अनि राम्रो काम पनि गरेको छु भन्दै हुनुहुन्छ, अनि विभागले साढे सात महिनाकै किन तान्यो भन्ने प्रंशनमा उनले तान्नेहरुले जानुन भन्दै प्रतिकृया लिएका छन । ०७५सालमा निर्मला हत्याकाण्डदेखिका थुप्रै काण्डले प्रहरीमाथि नागरिकको विश्वास गुमेको अवस्थामा गत बर्ष कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक चक्रराज जोशी नेतृत्वमा राजस्वछलीदेखिका थुप्रै अपराधका घटना न्यूनिकरणमा प्रहरीले वाईवाई पाएका बेला झलारी प्रहरी निरीक्षकको कार्यशैली विवादित बनेपछि कतै नागरिक ६ बर्ष अघिकै शैलीमा प्रहरी बिरुद्धमा खनिने त होईनन् भन्ने आम चिन्ता चासो बढिरहेको छ ।

ताजा खबर

समाजसेवी ऐरीको पहलमा मालिकार्जुन आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मालिकार्जुन आधारभूत...

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन ‘इन्नेक्स २०२६’ सुरु

कञ्चनपुर, ५ मंसिर। सुदूरपश्चिम विश्वविद्यालयमा सूचना प्रविधि र नवप्रवर्तनको क्षेत्रमा...

भीमदत्त–७ मा ब्रह्मदेव राजमार्गको झाडी सफाइ, सडकमा सौर्यबत्ती जडान गरिने

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित ब्रह्मदेव राजमार्गअन्तर्गत...

उत्कृष्ट खेलाडीलाई मदन चन्दद्वारा ट्र्याकसुट वितरण

कञ्चनपुर, १५ कार्तिक  कञ्चनपुर को भीमदत्त नगरपालिका–७ हल्दुखालमा आयोजित खुला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?